अफगानिस्तामा अफगान र अमेरिकी सैनिक मारिए
प्रकाशित मिति : भाद्र १, २०७४ बिहीबार

काबुल, १ भदौ । पूर्वी अफगानिस्तानमा नेटोसँग आवद्ध रहेका एकजना अमेरिकी सैनिकको मृत्यु भएको छ । नेटोआवद्ध रेजलुट सर्पोट ९आरएस० मिसनले बिहीबार सो कुराको जानकारी दिएको छ ।
गत बुधबार पूर्वी अफगानिस्तानमा अमेरिकी र अफगान बलले संयुक्त रुपमा आतङ्ककारीविरुद्ध गरेको कारबाहीको क्रममा ती सैनिक घाइते भएका थिए ।
आतङ्ककारीविरुद्धको कारबाहीका क्रममा घाइते भएका उनको उपचारकै क्रममा मृत्यु भएको उक्त मिसनले जानकारी दिएको छ ।
आरएसद्धारा जारी विज्ञप्तिमा सो कारबाहीको क्रममा एक अमेरिकी र एक अफगान सैनिकको समेत मृत्यु भएको जनाइएको छ ।
मारिएका अमेरिकी सैनिकको परिचय भने खुलाइएको छैन । रासस