तालिबानले अमेरिकालाई लेख्यो खुला पत्र


प्रकाशित मिति : भाद्र १, २०७४ बिहीबार

काठमाण्डौं, भदौ १ । अफगानिस्तानमा सक्रिय लडाकु संगठन तालिबानले अमेरिकालाई अफगानिस्तानबाट आफ्ना सबै सेना फिर्ता लैजान आग्रह गरेको छ ।

तालिबानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लेखेको खुला पत्रमा अफगानिस्तानमा बाँकी रहेका अमेरिकी सेना फिर्ता बोलाइ अमेरिकी तथा अफगानी नागरिकको जीवन रक्षाका लागि आह्वान गरिएको छ । त्यस्तै अफगानिस्तानमा युद्धको रणनीति त्यागेर अफगानी नागरिकसंग प्रत्यक्ष तथा शान्तिपूर्ण वार्ताको लागि पनि आह्वान गरिएको छ ।

पत्रमा उसले अफगानी नागरिकसंग बाहेक भ्रष्ट राजनीतिज्ञसंग वार्ता नगर्न आग्रह गरेको छ । सम्झौताको भाषामा लेखिएको पत्रमा तालिबानले ट्रम्पलाई विगतमा गरिएका गल्तिको समीक्षा गर्न पनि आग्रह गरेको अलजजिराले जनाएको छ । अमेरिकाले अफगानिस्तानमा सन् २००१ मा सैन्य कारवाही सुरु गरेको थियो । खुला पत्रबारे अमेरिकाले भने कुनै प्रतिक्रिया दिएको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com