‘कोरियाली प्रायद्वीपमा अर्को युद्ध हुँदैन’


प्रकाशित मिति : भाद्र १, २०७४ बिहीबार

दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले कोरियाली प्रायद्वीपमा युद्ध नहुने कुरा आफूले सुनिश्चित गर्नसक्ने बताएका छन्।

आफ्नो कार्यकालको पहिलो सय दिनको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो धारणा राखेका हुन्।

हालै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सैनिक कारबाहीको विकल्पबारे दिएका चेतावनी उत्तर कोरियालाई आफ्नो धम्कीपूर्ण राजनीतिबाट पछि हट्न दिइएका दबाब भएको बताए।

उनले दक्षिण कोरियाको सहमति खोजेरमात्रै कुनै पनि सैनिक कारबाही गर्ने सहमति बनेको जनाए।

तनाव

कोरिया

दक्षिण कोरियाली राष्ट्रपतिले हालै संयुक्त राष्ट्रसंघले लगाएका प्रतिबन्धहरुको उद्देश्य वार्ताका लागि प्योङयाङलाई बाध्य पार्नु रहेको पनि धारणा राखेका छन्।

सोलबाट बीबीसीका रोबिन ब्रायन्ट भन्छन् दक्षिण कोरियाली नेता मुनले कोरियाली तनाव मत्थर पार्न भरमग्दुर प्रयास गरिरहेका छन्।

पत्रकार सम्मेलनमा कोरियाली प्रायद्वीपमा अर्को युद्ध नहुने आफूले सुनिश्चित गर्ने उल्लेख गर्दै उनले अमेरिकी राष्ट्रपति ट्रम्पले दक्षिण कोरियासँग सहमति लिएरमात्रै कुनै पनि सैनिक कदम चाल्ने प्रतिबद्धता जनाएको खुलासा गरे।

राष्ट्रपति ट्रम्पले हालै उत्तर कोरियालाई दिएका चेतावनीको अर्थ प्योङयाङलाई क्षेप्यास्त्र परीक्षण रोकेर वार्ता तर्फ डोर्याउन ‘दृढ प्रतिबद्धताका साथ’ चालिएका कदम भएको उनको धारणा थियो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com