राष्ट्रपतिबाट श्रेष्ठ प्रधानन्यायाधीशमा नियुक्त


प्रकाशित मिति : भाद्र ४, २०८० सोमबार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतका प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठलाई नियुक्त गर्नु भएको छ । आज सोमबार साँझ श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तीमा जनाइएको छ ।

राष्ट्रपति पौडेललाई नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम कायममुकायम प्रधानन्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गर्नु भएको हो ।

गत साउन १८ गते बसेको संवैधानिक परिषद्को बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । सिफारिसपछि आजै संसदीय विशेष समितिमा श्रेष्ठको सुनुवाइ भएको थियो । श्रेष्ठले समितिसमक्ष १८ पन्ने न्याय पालिका सुधारको कार्ययोजना पेस गर्नु भएको थियो ।

करीव १४ महिना प्रधानन्यायाधीशको रुपमा जिम्मेवारीमा रहनुहुने श्रेष्ठले न्यायपालिकालाई व्यापक सुधार गर्ने बताउनुभएको छ । म मैले पेस गरेका कार्य योजनाको कार्यान्वयनमा इमान्दार भएर लाग्छु–समिति समक्ष श्रेष्ठको प्रतिवद्धता थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com