मधेसी एसोसिएसन इन अमेरिकाको राहत सिधै पीडितको हातहातमा


प्रकाशित मिति : श्रावण ३२, २०७४ बुधबार

मधेसी एसोसिएसन इन अमेरिकाले नेपालमा बाढीपीडितका लागि संकलन गरेको रकमबाट राहतसामाग्री सिधा पीडितकै हातहातमा पुर्याएको छ । स्थानीय सुरक्षा अधिकारीको सहयोगमा मधेसी एसोसिएसन इन अमेरिकाले पीडितलाई प्रारम्भिक राहत सामाग्री सिधै पीडितलाई दिएको हो ।

सप्तरीको बनारझुलाका २ सय परिवारलाई राहत सामाग्री उपलब्ध गराइएको भन्दै मधेसी एसोसिएसन इन अमेरिकाले राहत पाउने सबैको नाम समेत सार्वजनिक गरेको छ । हरेक परिवारलाई ५ किलो चामल, ३ किलो भुजा, एउटा त्रिपाल, १ प्याकेट नुन, एक लिटर तेल, १ किलो दाल, ५ प्याकेट चाउचाउ, ५ लिटरको प्लास्टिक बाल्टिन र एक प्याकेट पियुसका दरले राहत सामाग्री वितरण गरिएको हो ।

मधेसी एसोसिएसन इन अमेरिकाले गोफण्डमी मार्फत ५० हजार डलरको लक्ष्य सहित राहत संकलन गरिरहेको छ । जसमध्ये अहिलेसम्म झण्डै ३६ सय डलर संकलन भइसकेको छ ।

तपाईपनि यो अभियानमा सघाउन चाहनुहुन्छ भने यहाँ क्लिक गरेर डोनेशन गर्न सक्नुहुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com