संविधान संशोधन आजै !


प्रकाशित मिति : श्रावण ३२, २०७४ बुधबार

-राजेन्द्र फुयाल
श्रावण ३२, २०७४- सरकारले संविधान दोस्रो संशोधन विधेयक बुधबारै पारित गर्ने प्रयास सुरु गरेको छ ।

सरकारी प्राथमिकतामा वन्ने संसदको कार्यसूचीमा संविधान दोस्रो संशोधन विधेयकमाथिको दफावार छलफल बुधबार सदनमै गर्ने र लगत्तै विधेयक निर्णयार्थ पेस हुने उल्लेख छ । यसअघि सरकार र राष्ट्रिय जनता पार्टीबीच साउन महिना भित्रै संविधान संसोधन विधेयक पारित गर्ने सहमति भएको थियो ।

सरकारले विधेयकलाई संसदको कार्यसूचीमा राखेपनि बैठकमा सत्तापक्षकै सांसदहरुको उपस्थिति पातलो छ । संविधान संसोधन विधेयक सम्बन्धी विषय कार्यसूचीको छैटौं नम्बरमा छ ।

विधेयकमाथि परेका संशोधनमाथिको छलफल र सहमतिका लागि विशेष समिति वनाउने विकल्प छोडेर सरकारले सदनमै दफावार छलफल गराउन खाजेको छ । वैवाहिक अंगीकृत नागरिकता, भाषा, राष्ट्रियसभाको प्रतिनिधित्व र निर्वाचक मण्डल, प्रादेशिक सिमा आयोगलगायतका विषय समेटिकएको संशोधन विधेयकमाथि सत्तापक्षको समेत ५० वटा संसोधन परेका छन् । ती मध्ये अधिकांश संसोधन प्रस्ताव एमाले नेतृत्वको प्रतिपक्षी गठबन्धनका छन् ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

विशेष समिति गठन नगरी सदनमै दफावार छलफल गराउँदा संशोधनकर्ता सांसदले पालैपालो आफ्नो प्रस्ताव सहित छलफलमा भाग लिने मौका पाउँछन् । त्यसपछि छलफलमा भाग लिने अन्य सांसदको पालो आउँछ । छलफलका लागि कति समय दिने भन्ने अधिकार सभामुखमा निहित छ । सामान्यत यस्तो छलफलमा वोल्न चाहने सांसदलाई ५ मिनेटको समय दिइन्छ । यस हिसावले हेर्दा कार्यसूचीमा राखिएपनि बुधबार संविधान संसोधन विधेयक निर्णायार्थ प्रस्तुत हुने सम्भावना न्यून देखिन्छ ।

एमाले नेतत्वको प्रतिपक्षी गठबन्धनमा रहेका एक तिहाई सांसदहरुको गठबन्धन नट्दासम्मसंविधान संसोधन विधेयक पारित हुन नसक्ने संसदीय गणित छ । ५९२ सदस्यीय संसदबाट संविधान संसोधन विधेयक पातिर हुन कुल सदस्य संख्याको दुई तिहाई मत आवश्यक पर्छ । संविधान संशोधनको मुद्दामा विपरित ध्रुवमा उभिएका संसदको चौथो दल राप्रपाका सांसदहरु औपचारिकरुपमै विभाजित भएकाले पनि विधेयकका पक्षमा दुई तिहाई पुग्ने संभावना निकै कम छ ।

प्रमुख प्रतिपक्षी एमालेले बाढी–पहिरो र डुबान पीडितका विषयमा राखेको जरुरी सार्वजनिक महत्वको प्रस्ताव बैठकको पहिलो कार्यसूचीमा छ । तर कार्यसूचीमा प्रवेश गर्नुअघि संसदमा सुरु भएको सुन्य र विशेष समयमा डुवानले सिर्जना गरेको समस्याबारे संसादहरुले बोल्ने क्रम जारी छ ।

प्रमुख प्रपितक्षी एमाले सांसदहरुले सिमावर्ती क्षेत्रमा भारतले निर्माण गरेका बाँध, तटबन्ध र सडकजस्ता संरचनाका कारण तराई डुवेको उल्लेख गर्दै दीर्घकालिन समाधानका लागि भातरसंग कुटनीतिक प्रयासको माग गरेका छन् । तराईबाट प्रतिनिधित्व गर्ने सत्तापक्षका सांसदहरुले पनि डुवान पीडितको उद्धार र राहतमा सरकारले प्रभावकारी काम नगरेको आरोप लगाएका छन् । सांसदहरुले राहत लानुपर्ने  हेलिकप्टरमा मन्त्रीहरुलाई सयर नगर्न पनि सुझाव दिएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com