लिबिया र उत्तर कोरियाको भन्दा पनि कमजोर नेपाली राहदानी, किन कमजोर बनिरहेको छ ?


प्रकाशित मिति : श्रावण १०, २०८० बुधबार

नेपालको राहदानी विश्वका राहदानीहरूमध्ये ‘आठौं कमजोर’ राहदानीको रुपमा सूचीकृत भएपछि यसबारे चर्चा बढेको छ । ‘द हेन्ली राहदानी इन्डेक्स’ले विश्वका सबैभन्दा शक्तिशाली तथा कम शक्तिशाली राहदानीको नाम सहितको सूची सार्वजनिक गरेको छ । उक्त सूचीमा विश्वका शक्तिशाली राहदानीहरूको सूचीमा नेपाल ९९ औं स्थानमा परेको छ । ‘द हेन्ली राहदानी इन्डेक्स’ले गरेको सर्वेक्षणमा विश्वका शक्तिशाली राहदानीको सूचीमा नेपाली राहदानी अन्तिमबाट आठौं स्थानमा परेको हो ।उक्त सूचीका अनुसार नेपालको राहदानीको स्तर इरान, सुडान, लिबिया र उत्तर कोरिया भन्दा पनि कमजोर देखिएको छ ।

एक सय ९९ वटा राहदानी अनि २२७ विभिन्न यात्रा गन्तव्यको सूचीमा नेपालको राहदानी ९९ औँ स्थानमा छ। प्यालेस्टिनी भूभाग र नेपालको समानअङ्क छ। विश्वकै कम शक्तिशाली सूचीमा रहेको नेपालको राहदानीले ३८ देश तथा क्षेत्रमा प्रवेश पाउन सकिन्छ । नेपालको राहदानी भन्दा सोमालिया, यमन, पाकिस्तान, सिरिया, इराक र अफगानिस्तानको राहदानी कमजोर देखिएका छन् । उक्त सूची अनुसार सबैभन्दा कमजोर राहदानी अफगानिस्तानको छ । सूचीको १०४औं अर्थात अन्तिममा स्थानमा रहेको अफगानस्तानको राहदानीले २७ वटा मुलुकमा मात्रै अनअराइभल भिसा लाग्छ ।

‘द हेन्ली राहदानी इन्डेक्स’ले सार्वजनिक गरेको सूची

१०० नम्बरमा रहेका सोमालिया र यमनको राहदानीले ३५, १०१ स्थानमा रहेको पाकिस्तानको राहदानीले ३३, १०२ स्थानमा रहेको सिरियाको राहदानीले ३० र १०४ स्थानमा रहेको इराकको राहदानीले २९ देशमा मात्रै अनअराइभल भिसा पाउँछ । यी मुलुकभन्दा उत्तर कोरियाको राहदानी शक्तिशाली देखिएको छ । उत्तर कोरियाको राहदानीले ३९ मुलुकमा अनअराइभल भिसा पाउँछ । बंगलादेशले ४०, श्रीलंका र लिबियाले ४१ तथा कोसोभोले ४२ देशमाअनअराइभल भिसा पाउँछन् । सन् २०२३ का लागिपहिलो नम्बरमा सिंगापुरको राहदानी सबै भन्दाशक्तिशाली घोषित भएको छ। एक नम्बरमा रहेको सिंगापुरको राहदानीले १९२ देश तथा क्षेत्रमा  प्रवेश गर्न सकिन्छ।

‘द हेन्ली राहदानी इन्डेक्स’ले सार्वजनिक गरेको सूची

१९० देश प्रवेश पाउने जमर्नी, इटाली र स्पेनको राहदानीभने दोस्रो स्थानमा छन्। अष्ट्रिया, फिनल्याण्ड, फ्रान्स,लक्जबमबर, दक्षिण कोरिया, जापान, स्वीडेनको १८९ देशमा पहुँच पाउने राहदानी तेस्रो स्थानमा छ। त्यस्तै आठौँ स्थानमा रहेको अमेरिकाको राहदानीले भने १८४ देश तथा क्षेत्रमा प्रवेश गर्न सकिन्छ। यो सूची कुन देशको राहदानी बोकेका व्यक्तिले कतिवटा यात्रा गन्तव्यस्थलमा सहज रूपमा प्रवेश पाउँछन् भन्ने कुरामा आधारित छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाली राहदानी कमजोर देखिनुमा विदेश जाने नेपालीहरुको गम्भीर लापरबाही नै रहेको देखिने गरेको छ । नेपालीहरूले एउटा उद्देश्य लिएर विदेश जाने र त्यहाँ पुगिसकेपछि अर्को उद्देश्यले काम गर्ने कारणले पनि नेपाली राहदानी कमजोर देखिएको राहदानी विभागको अनुमान छ । ‘नेपालीहरु तीनमहिना या ६ महिनाको लागि भनेर निश्चित कामको लागि जाने र उतै बस्ने बढेको देखिन्छ ।’ – राहदानी विभागकी निर्देशक दुरपदा सापकोटा भन्छिन्– ‘यसरी नेपालीहरुको उक्त देशको कानून भन्दा विपरीत कामगर्दा त्यो देशले थाहा पाएर भीषा दिन छाडेको हो कि जस्तो लाग्छ ।’

नेपाली राहदानी

नेपाली राहदानी कमजोर हुनुमा देशको प्रतिव्यक्ति आम्दानी, राजनीतिक शान्ति, स्थिरता र शान्ति सुरक्षा पनि जिम्मेवार रहने पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशचन्द लोहनी बताउँछन् । ‘प्रतिव्यक्तिआम्दानी बढी भएको देशको राहदानी बलियो हुन्छ । धनीदेशको पर्यटकले सजिलै भीसा पाउँछ । किनकी उँ अर्को देशमा पैसा खर्च गर्न जाने हो । त्यसो हुँदा जसले पनि भीसा दिन्छ । हामी पनि अमेरिकाबाट कोही पर्यटक आए भने खुशी हुँदै एयरपोर्टमा माला लगाइदिन जान्छौं, त्यस्तै हो यो पनि ।’– डा. लोहनी भन्छन् । राजनीतिक अस्थिरताको सबालमा पनि नेपाल कमजोर हुँदा राहदानी कमजोर हुने उनको विश्लेषण छ ।

सरकारी कागजपत्र बनाएर कामका लागि जाने, निश्चित अवधीका लागि गएकाहरुको अवधी सकिएपछि यूरोप लगाएतका अर्कै देशमा जाने र कानूनसम्वंत नबस्ने गतिविधिले पनि बिस्तारै नेपाली राहदानीको विश्वसनीयता घटाइरहेकोबारे प्रश्न उठ्ने गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com