विदेशमा दुख पाएकी मुना डाँगीको उद्दार
प्रकाशित मिति : श्रावण ३२, २०७४ बुधबार

आज साझ फ्लाइ दुबई को उडान मार्फत कुबेत जान लागेकी ईलामकि मुना डागि लाई सोही उडान मा्र्फत कुबेत जान लागेकि नेपाली चेली दिपिका भण्डारीले कहाँ जान लाग्नु भएको भनेर सोधपुछ गर्दा बिगत लामो समय देखी दलालले अजमानमा बन्दक बनाई राखेको र उक्त्त दलालले आफु लाई बेचेर कुबेत पठाउन लागेको साथै अजमानमा बस्ने क्रममा पुलिस आएर खोज तलास गर्दा आफुलाई कौसीमा लुकाइ राखेको भन्ने जानकारी गराए पश्चात् दिपिका ले तत्काल एनआरएनए प्रेसिडेन्ट सुदिप कार्की लाई उक्त सबै जानकरी गराइ सके पछी प्रेसिडेन्ट सुदिप कार्किको सल्लाह अनुसार दिपिका ले एअरपोर्ट पुलिसमा उक्त कुराको जानकारी गराइ तत्काल उक्त बेचिएकी महिला लाई रोक्न सफल भएको जानकारी आएको छ
उक्त्त साहसिक कार्य गर्नु हुने दिपिका भण्डारी लाई बिशेष धन्यबाद । उद्दारमा पहल गर्ने दिपिका भण्डारीको पहलमा उनको नेपाल फिर्तीको टिकट व्यवस्था गरेर आज ५ बजे उनी नेपाल फर्किदै छिन् ।