श्रावण ३२, २०७४- लगातारको वर्षाका कारण आएको बाढीका कारण मंगलबार मृत्यु भएका र कोशी नदीमा बगाएर सद्गत गरिएका बालक कमलु सदाका बुबा फुदन सदा बोल्न सक्ने अवस्थामा छैनन् । छोराको काजक्रियाका लागि मंगलरबार उनी धरानबाट पैदल हिँडेर घर आइपुगेका थिए । ‘मसँग एक रुपैयाँ पनि थिएन । त्यसैले रात दिन हिँडेर उनी घर आइपुगें,’ विह्ल अवस्थाका फुदनले भने ।
मृतक छोराको सद्गद् गर्ने खाली जमिन नभएपछि कोशीमा बगाइएको थियो । यहाँ अभाव जमिनको मात्रै छैन, फुदनसँग छोराको काजक्रिया गर्ने पैसा पनि छैन । यो अभावले फुदन परिवारलाई थप पीडा दिएको छ । उनले पालमुनि बसेर काजक्रिया सुरु गर्ने तयारी गरेका छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।