कर्णेल कुमार लामा थुनामुक्त, मुद्दा फिर्ता


प्रकाशित मिति : भाद्र २१, २०७३ मंगलबार

चार वर्षदेखि बेलायतमा थुनामा रहेका नेपाली सेनाका कर्णेल कुमार लामा थुनामुक्त भएका छन् । अदालते मंगलबार लामालाई थुनामुक्त गर्ने आदेश दिएको हो । माअ‍ोवादी जनयुद्धका बेला कपिलवस्तुमा कार्यरत रहँदा कर्णेल लामाले बन्दीहरुमाथि चरम यातना दिएको भन्दै उनलाई चार वर्षअघि बेलायतमा पक्राउ गरिएको थियो ।

दक्षिण सुडानमा संयुक्त राष्ट्र संघको सैनिक पर्यवेक्षक भएर गएका लामा विदाको बेला बेलायतमा रहेको परिवारलाई भेट्न जाँदा विश्वव्यापी अधिकार क्षेत्र भन्दै पक्राउ परेका थिए । त्यसयता नेपाली सेना र नेपाल सरकारले जति कोसिस गरे पनि बेलायती न्याय प्रणालीमा प्रवेश गरिसकेको मुद्दा भन्दै उनलाई रिहा गर्न अस्वीकार गरिएको थियो ।

झण्डै एक महिनाअघि लण्डनस्थित केन्द्रीय फौजदारी अदालतको न्यायाधीशहरुको समूहले करम हुसैनलाई यातना दिएको अभियोगमा दायर मुद्दाको हकमा कर्णेल लामालाई सफाइ दिएको थियो। तर अर्का उजुरीकर्ता जनकबहादुर राउतसंग सम्बन्धित अभियोगका बारेमा भने जुरी कुनै ठोस निर्णयमा पुग्न सकेको थिएन।

न्यायाधीश जस्टीस स्वीनीको इजलासमा ब्रिटिश अभियोक्ताको कार्यालय सिपिएसका एकजना वकिलले राउतलाई यातना दिएको भन्ने अभियोगमा पनि महासेनानी लामालाई दोषी ठहर गर्न पर्याप्त आधार नदेखिएकाले उनी विरुद्धको मुद्दा अगाडि नबढाउने निर्णय गरेको जनाएका थिए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com