हिंसा अन्त्य गर्न केन्यालाई अमेरिकाको आग्रह


प्रकाशित मिति : श्रावण ३१, २०७४ मंगलबार

Waving flag of Kenya and USA

नैरोबी, ३१ साउन । अमेरिकाले केन्यालाई निर्वाचनपछि पनि जारी रहेको हिंसाको अन्त्य गर्न आग्रह गरेको छ ।

निर्वाचन हप्ता दिन अघि नै सकिएको भए पनि निर्वाचनसँग सम्बन्धित हिंसाको अन्त्यका लागि अमेरिकाले केन्यालाई आग्रह गरेको जनाइएको छ ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा सो आग्रह गरिएको प्राप्त समाचारमा जनाइएको छ ।

केन्यामा यही अगष्ट ८ मा राष्ट्रपतीय निर्वाचन भएको थियो । सो निर्वाचनमा धाँधली भएको भन्दै विपक्षीहरुले विरोध गरेपछि एक दिन जति मतगणना स्थगित गरी हालका राष्ट्रपतिलाई नै नयाँ राष्ट्रपतिका रुपमा घोषणा गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस निर्णयको विरोधमा विपक्षीहरु सडकमा छन् । विपक्षीहरुको आन्दोलनका कारण एक दर्जनभन्दा बढी नागरिकको ज्यान गएको छ । आन्दोलन अहिले पनि जारी छ ।

केन्याका राष्ट्रपति उरु केन्याटा बिजय भएको घोषणा गरेपछि त्यसको विरुद्धमा विपक्षी नेता राइला ओडिङ्गाले आन्दोलनको घोषणा गर्नुभएको हो ।

केन्याटाले ५४ र ओडिङ्गाले ४४ प्रतिशत मत प्राप्त गरेको घोषणा गरिएको थियो । यस परिणामलाई विपक्षीले धाँधली गरेको बताउदै निर्वाचनको परिणाम नस्वीकार्ने बताएका छन् ।

ह्वाइट हाउसद्वारा जारी सो विज्ञप्तिमा भनिएको छ– हामी समृद्ध केन्याको पक्षमा छौँ आगामी दिनमा पनि हामी केन्यासँग सहकार्यका साथ अघि बढ्न चाहन्छौँ, तर यो हिंसा लामो समयसम्म रह्यो भने यसले आगामी दिनमा राम्रो गर्दैन ।

शान्ति र समृद्धिका लागि सबै एक ठाउमा उभिनुपर्नेमा सो विज्ञप्तिमा स्पष्ट गरिएको छ । सो विज्ञिप्तमा आगामी दिनमा प्रजातान्त्रिक बाटो निर्माणका साथै राष्ट्रिय एकता कायम गर्न सबैले सहयोग गर्ने समय आएको जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com