बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ११५ पुग्यो


प्रकाशित मिति : श्रावण ३१, २०७४ मंगलबार

काठमाडौं, ३१ साउन । देशका विभिन्न ठाउँमा आएको बाढी पहिरोका कारण ज्यान गुमाउनेको संख्या १ सय १५ पुगेको छ । गृह मन्त्रालयका अनुसार अहिलेसम्म १ सय १५ जनाको ज्यान गएको पुष्टि भएको छ ।

बाढी पहिरोमा ३८ जना बेपत्ता भएका छन् भने २५ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार बाढी प्रभावितको उद्धार तथा राहतका लागि हेलिकप्टर पनि तयारी अवस्थामा राखिएको छ ।

सबै प्रभावितलाई राहत पु¥याउन एकद्वार प्रणाली लागु गरी काम थालिएको उहाँले बताउनुभयो ।

प्रभावितका बारेमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सबै जानकारी हुने हुँदा एकद्वार प्रणालीले राहत वितरण प्रभावकारी हुने उहाँको दाबी छ । तर प्रभावितले भने यो प्रणालीले झन् सकस पारेको गुनासो गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com