वैज्ञानिकले बनाउँदैछन् चमत्कारी क्याप्सुल, मान्छेको आयु १ सय २० वर्ष हुने


प्रकाशित मिति : श्रावण ३१, २०७४ मंगलबार

फिल्मको कथा जस्तो लाग्नसक्छ । तर यो कुनै काल्पनिक कथा नभई यथार्थ बन्नेवाला छ ।
वैज्ञानिकहरु मानिसको आयुलाई १ सय २० वर्षसम्म पूराउने औषधिको चक्की बनाउने कार्यको निकै नजिक पुगेका छन् ।
लामो समयसम्म स्वस्थ भएर बाँच्ने अर्थात् दीर्घजिवी हुने चाहना सबैको हुन्छ । आम मानिसको यहीँ चाहनलाई साकार पार्ने महत्वपूर्ण अनुसन्धानमा वैज्ञानिकहरु सफलताको नजिक पुगेका हुन् । रुसी वैज्ञानिकहरुको प्रयास पूणरुपमा सफल भएमा आम मानिसको आयु १ सय २० वर्षसम्म हुनेछ । र, अब १ सय २० वर्षे आयु लिएर बाँच्न सकिने दिन टाढा नभएको दाबी वैज्ञानिकहरुले गरेका छन् ।
रुसको मस्को स्टेट युनिभर्सिटीका वैज्ञानिकहरुको एक टोलीले नयाँ प्रकारको एन्टी अक्सिडेन्ट तत्वको परीक्षण गरिरहेको छ जसको कारण उमेर छिप्पिने गतिलाई सुस्त पार्न सकिन्छ ।
यो एन्टीअक्सिडेन्ट युक्त क्याप्सुलको परीक्षण मुसा, माछा तथा कुकुरमा गरिएको छ । वैज्ञानिक टोलीका प्रमुख डाक्टर म्याक्सिम स्कुलाचेभका अनुसार अनुसन्धानमा रहेको उक्त एन्टी अक्सिडेन्टले सरीरमा उर्जा प्रदान गर्ने कोषीय भाग माइटोकोन्डि्रयाको कार्यप्रक्रियालाई नियन्त्रित गर्दछ । माइटोकोन्डि्रयाको गडबडीलाई नै मानिसमा बुढ्यौली, हृदयाघात तथा विभिन्न खाले रोगब्याधीको कारक मानिन्छ । शोधकर्ता स्कुलाचेभका अनुसार बुढ्यौली प्रतिरोधी औषधिको निर्माण प्राविधिक रुपमा सम्भव छ ।
मानिसलाई ८ सय वर्षसम्म बचाउन सकिने कुरामा विश्वास नभएपनि १ सय २० वर्षसम्म भने बचाउन सकिने उनको दाबी छ । सुरुवातको परीक्षण आयु लम्ब्याउने भन्दा पनि बुढ्यौलीको दरलाई घटाउनेमा केन्दि्रत रहेको र यसमा सफलता मिलेमा माइटोकोन्डि्रयाको कार्यलाई प्रभावित गर्ने उपायको खोजी गरी आयुलाई १ सय २० वर्षमा पूराउन सकिने दाबी उनको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com