चलचित्र आदिपुरुषको विवादलाई लिएर मनोजले भने- म नि:शर्त माफी चाहन्छु


प्रकाशित मिति : असार २३, २०८० शनिबार

चलचित्र आदिपुरुषका संवाद लेखक मनोज मुन्तासिरले माफी मागेका छन् । शनिबार बिहान ट्विट गर्दै मनोज मुन्तासिरले भनेका छन्, ‘म बिना शर्त माफी माग्छु ।’

मनोज मुन्तासिरले भने, ‘आदिपुरुष फिल्मले जनताको भावनामा चोट पुर्‍याएको म स्वीकार गर्छु । मेरा सबै दाजुभाइ दिदीबहिनी, ज्येष्ठ नागरिक, आदरणीय ऋषि मुनीहरू तथा श्री रामका भक्तजनहरूमा हात जोडेर नि:शर्त माफी चाहन्छु। भगवान बजरंग बालीले हामी सबैको कल्याण गरून्, हामीलाई एक र अटूट रहन र हाम्रो पवित्र शाश्वत र महान देशको सेवा गर्ने शक्ति दिनुहोस्!’

चलचित्र आदिपुरुषको संवादलाई लिएर विवाद भएपछि मनोज मुन्तासिरले आफ्नो लेखनको बचाउ गर्दै आएका थिए । हिन्दू सेना नामक संगठनले यो फिल्ममाथि प्रतिबन्ध लगाउने सम्बन्धमा दिल्ली हाईकोर्टमा याचिका पनि दायर गरेको छ, जसको सुनुवाइ भइरहेको छ ।

फिल्मका धेरै संवादलाई लिएर विवाद र आलोचना पनि भएको थियो । हिन्दू संगठनले पनि फिल्मको विरोधमा धेरै सहरमा प्रदर्शन गरेका थिए । बिग बजेटको यो फिल्मले सुरुको तीन दिनमा बक्स अफिसमा तीन सय करोडभन्दा बढीको कमाई गरेको थियो, तर पछि यो फिल्म डिस्टस्ट भयो ।

इलाहाबाद हाईकोर्टका न्यायाधीशले पनि फिल्मलाई लिएर कडा टिप्पणी गरेका थिए। यो चलचित्रलाई नेपालमा प्रतिबन्ध लगाइएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com