नारायणीमा पानीको बहाव कम हुँदै


प्रकाशित मिति : श्रावण ३०, २०७४ सोमबार

Scores of onlookers gather at the Narayani Bridge to look at the swollen Narayani River in Chitwan district, on Wednesday, July 27, 2016. Photo: RSS

नवलपरासी, ३० साउन । नवलपरासीस्थित नारायणी नदीमा पानीको बहाव घट्दै गएको छ । आइतबार राति खतराको संकेतनजिक पुगेको नारायणी नदीमा पानीको बहाव आज बिहानबाट विस्तारै घट्दैै गएको छ ।

नदीमा पानीको बहाव ७ दशमलब तीन मिटर भएमा खतराको संकेत मानिन्छ । आइतबार राति करिब नदीमा पानीको बहाव ७ दशमलव तीन मिटर भए पनि बिहान झरेर करिब ५ दशमलब ८६ मिटर भएको नवलपरासीका प्रजिअ उदयबहादुर रानामगरले जानकारी दिनुभयो ।

नेपालको बाटो  जाने भारतीय नहर बन्द गरिएको छ भने गण्डक ब्यारेजका सबै ढोका खोलिएपछि नदीको बहाव विस्तारै कम हुँदै गएको छ । अहिले गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

अहिले नारायणी नदी आसपासका क्षेत्रमा समस्या देखिएको छैन । यद्यपि, जिल्लामा हुनसक्ने अप्रिय घटनालाई ध्यानमा राखी राहत र उद्धारलाई तयारी अवस्थामा राखिएको प्रजिअ रानाले जानकारी दिनुभयो ।

बाढी आउने क्रम अझ बढ्दै भयो भने थप खतरा हुनसक्ने अनुमान गरिएको छ । नदीमा पानीको बहाव ८ दशमलव ४ मिटर पुगेमा उच्च जोखिम मानिन्छ । पहाडी क्षेत्रमा लगातार वर्षा हँुदा नारायणीमा पानीको बहाव खतराको संकेत नजिक पुगेको हो ।

यसैबीच वर्षाका कारण नवलपरासीको राजमार्ग क्षेत्रका बजार, सदरमुकाम परासीसहित जिल्लाको ग्रामीण क्षेत्रका गाउमा स्थानीयवासी प्रभावित बनेका छन् । शहर केन्द्रितभन्दा ग्रामीण क्षेत्रमा वर्षाका कारण जनमानसको जीवनयापन थप कष्टकर बन्दै गएको छ ।

नारायणी नदीका वन्यजन्तु फेला 

यसैगरी नवलपरासीस्थित नारायणी नदीका वन्यजन्तु फेला परेका छन् । कुनै जीवित अवस्थामा कुनै मृत अवस्थामा फेला परेका हुन् ।

नारायणी नदीमा पानीको बहाव बढ्दै गएपछि गैंडा, मृग, हरिण, जरायो, बंँदेल, स्यालजस्ता वन्यजन्तु फेला परेका हुन् ।

नारायणीमा बढदै गएको पानीमा बग्दै आएको एक गैंडा नारायणी नदीको १६ नम्बर ठोकरमा बाहिर निस्किन सफल भएको छ । जीवित फेला परेका वन्यजन्तुलाई प्रहरीमा बुझाइएको छ ।

ती सबै जनावर वर्षाको भेलका कारण राष्ट्रिय निकुन्जबाट पानीले बगाएर नारायणी नदी ल्याएका हुन् । तर कति संख्यामा वन्यजन्तु बगाएर ल्याएको कुनै यकिन तथ्यांक भने छैन् ।

सो गैँडा नर्सहीस्थित उखुबारीमा बसेको स्थानीयवासी आरपी उपाध्यायले जानकारी दिनुभयो । उपाध्यायका अनुसार यसबाहेक मृग, हरिण, जरायो, बँदेल, स्यालजस्ता वन्यजन्तु फेला परेका छन् केही वन्यजन्तु मरेको अवस्थामा नदीमा देखिने गरेको पाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com