बिप्लवको ‘गोदाम खोल’ अभियान, ५० प्रतिशत मुल्य नघटे कडा संघर्ष


प्रकाशित मिति : भाद्र २१, २०७३ मंगलबार

बिप्लव नेतृत्वको नेकपा (माओवादी)ले उपभोग्य वस्तुमा कायम हुनुपर्ने मूल्य सूचीसहित सरकारलाई ज्ञापन पत्र बुझाएको छ । स्थायी समिति सदस्य धर्मेन्द्र वास्तोलाको नेतृत्वको गएको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकक्षमै पुगेर ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा खाद्यन्न, तरकारी, फलफूल लगायतका दैनिक उपभोग्य वस्तुमा चरम मूल्य वृद्धि भएको भन्दै उपभोक्ता मूल्य तोक्न माग गरिएको छ । अत्यावश्यक वस्तुमा तत्काल ५० प्रतिशत मूल्य घटाउनुपर्ने माग गरेको छ ।

माओवादीले चामलको मूल्य ३०, प्रतिसिलिण्डर एलपी ग्यासको ९४७ रुपैयाँ दुई पैसा, खाली प्रतिसिलिण्डर १२०० रुपैयाँ, मट्टितेल प्रतिलिटर ४६ रुपैयाँ ५२ पैसा, डिजेल प्रतिलिटर ४८ रुपैयाँ दुई पैसा र पेट्रोल प्रितिलिटर ४८ रुपैयाँ ५३ पैसा तोक्न कायम गर्नुपर्ने मूल्यसूची प्रस्तुत गरेको छ ।

बिप्लव माओवादीको मुल्य सुचि :

Prise-list1

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअघि बिप्लव माओवादीले सोमबार पत्रकार सम्मेलन गरी कालोबजारिया, बिचौलिया, कमिशन, भ्रष्टचार तथा तस्करीविरुद्ध संघर्षको कार्यक्रम सार्वजनिक गरेको थियो । कालाबजारियाप्रति लक्षित गरेर माओवादीले ‘गोदाम खोल’ अभियान जारी राखेको दावी गरेको छ ।

प्रधानमन्त्री दाहालको जवाफ यस्तो : 

प्रधानमन्त्री पुष्पकमल दाहालले जनताको दैनिक जीवनलाई सहज र सरल बनाउने उद्देश्यका साथ सरकारले नियमित बजार अनुगमन गरिरहेको र त्यसबाट सकारात्मक परिणाम आइरहेको बताए । दाहालले भने, “आमजनताको माग समावेश गरेर ज्ञापनपत्र बुझाउन आउनुभो, यसले आफूलाई काम गर्न सहयोग पुग्ने छ, यसैगरी सकारात्मक सहयोग गर्नुस्, सरकार पूर्णक्षमताका साथ जनतालाई राहत प्रदान गर्न क्रियाशील छ ।”उनले सरकार जनतालाई बढीभन्दा बढी राहत दिन क्रियाशील रहेको र त्यसैलाई ध्यान दिएर बजार अनुगमनलाई गति दिइएको वताए ।

के छ बिप्लवको आगामी रणनीति ?

नेकपा (माओवादी) ले आगामी कात्तिक २८ गते नेपाल बन्द गर्ने घोषणा गरेको छ । माओवादीले कालोबजारी,महंगी,कृतिम अभाव, विचौलियाको अन्त्यको लागि संघर्षका कार्यक्रम घोषणा गरेको हो । भदौ २८ गते देशव्यापी मशाल जुलुस र असोज ५ गते आपूर्ति मन्त्रालय घेराउ, असोज २५ गते देशव्यापी एक घण्टा (विहान ९ देखि १० बजेसम्म) चक्काजाम गर्ने र दशैं(तिहार पछि कात्तिक २८ गते नेपाल बन्द गर्ने माओवादीले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com