न्युयोर्कमा जुलाई ४ को फायरवर्क्स निशुल्क हेर्नको लागि उत्कृष्ट ठाउँहरू


प्रकाशित मिति : असार १५, २०८० शुक्रबार

fireworks are lit up in the night sky over a city

Photo by Olga Subach

अमेरिकाको सबैभन्दा ठूलो र साहसी स्वतन्त्रता दिवस उत्सवको ४७ औं फायरवर्क्स न्युयोर्क शहरमा जुलाई ४ मा निशुल्क हेर्न सकिनेछ । मेसीको वार्षिक फायरवर्क्स शो इस्ट २६ स्ट्रीट देखि इस्ट ४० स्ट्रीट सम्म इस्ट रिभरका पाँच बार्जहरूबाट ६० हजार गोलाहरू आकाशमा पड्काइनेछ ।

यो फायरवर्क्स हेर्न न्युयोर्क सिटीभरपार्टीहरू आयोजना गरिँदै छन् र मेसीले सात आधिकारिक अवलोकन स्थानहरू घोषणा गरेको छ जहाँ तपाईं निशुल्क कार्यक्रमको मजा लिन सक्नुहुन्छ । मिडटाउन, लङ आइल्याण्ड सिटी, ग्रीनपोइन्ट, र विलियम्सबर्ग लगायतका स्थानबाट सबैभन्दा राम्रो दृश्य हेर्न सकिनेछ ।

मङ्गलबार जुलाई ४ मा लगभग राती ९ बजेर २५ मिनेटमा सुरु हुने २५ मिनेटको कार्यक्रमले मेसीको फायरवर्क्स शोको क्रममा अहिलेसम्म सुरु गरिएको एनिमेटेड शेलहरूको गतिशील संग्रह देखाइनेछ । शहर भन्दा लगभग १ हजार फिट माथि शेलहरु विष्फोट गराइनेछ ।

न्युजर्सीको फायरवर्क्स हुने र हेर्ने स्थान

यसपटक चम्किलो डिस्प्लेमा माइल चौडा लहराउने झण्डा, सूर्यमुखी घण्टी, रातो स्टप साइन एक रङबाट अर्को रङमा बदलिने भूत पाइरो देखाइनेछ । कार्यक्रमलाई रे च्युद्वारा क्युरेट गरिएको म्युजिकल स्कोरमा सिङ्क्रोनाइज गरिने छ जसमा द स्टार ब्याङ्ल्ड ब्यानर, अमेरिका द ब्यूटीफुल, लिफ्ट एभरी भ्वाइस एन्ड सिङ र इनट नो माउन्टेन हाई इनफ जस्ता अमेरिकी क्लासिकहरू समावेश छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हजारौं सुनौलो रंगका गोलाहरूले टिना टर्नरद्वारा द बेस्टमा सेट गरिएको एक प्रतिष्ठित क्यास्केड प्रभाव सिर्जना गर्नेछ । यस वर्षको मेसीको फायरवर्क्स उत्सव शोस्टपिंग भन्दा कम नहुने मेसीको ४ जुलाई फायरवर्क्सका कार्यकारी निर्माता विल कोसले बताएका छन् ।

उत्कृष्ट फायरवर्क्स शो दृश्यहरूको लागि जुलाई ४ मा आधिकारिक अवलोकन स्थलहरूमा फस्र्ट एभिन्यू र ईस्ट ४२ स्ट्रीट, फस्र्ट एभिन्यू र ईस्ट ३४ स्ट्रीट, फस्र्ट एभिन्यू र ईस्ट २० स्ट्रीट, लङ आइल्याण्ड सिटीको ग्यान्ट्री प्लाजा स्टेट पार्क, ग्रीनपोइन्टको न्यूटाउन बार्ज प्लेग्राउण्ड र ट्रान्समिटर पार्क, विलियम्सबर्गको मार्सा पी जोन्सन स्टेट पार्क रहेका छन् ।

न्युजर्सीको फायरवर्क्स  हुने र हेर्ने स्थान

न्युयोर्कको डाउनटाउन वा वेष्ट तर्फका लागि जर्सी शहरको फायरवर्क्स कार्यक्रम हेर्न सकिनेछ जसले हडसन रिभरलाई उज्यालो पार्नेछ। उक्त फायरवर्कस साढे ९ बजे वाटरफ्रन्टमा दुई बार्जबाट सुरु हुनेछ। एक्सचेन्ज प्लेसबाट उक्त फायरवर्क्सको दृश्य उत्कृष्ट देखिनेछ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com