अमेरिकामा नासा र एन्मा १३ औं संयूक्त सम्मेलनको तयारी पूरा


प्रकाशित मिति : श्रावण २९, २०७४ आईतबार

-शिव विष्ट

संयुक्त राज्य अमेरिकामा रहेका नेपालीहरूको पुरानो एवं ठुलो दुई संगठनहरुको संयुक्त सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । अमेरिकाको दक्षिण–पूर्वी राज्यहरूमा बस्ने नेपालीहरूका प्रतिनिधिमूलक सशक्त संगठन नेप्लिज एशोसियसन इन साउथ इष्ट अमेरिका (नासा) र मध्य पश्चिमी राज्यहरूमा बस्ने नेपालीहरूको छाता संगठन एशोसियसन अफ नेप्लिज इन मिडिल वेष्ट अमेरिका (एन्मा) को १३ औ संयूक्त सम्मेलन आगामी सेप्टेम्बर १ देखि ३ सम्म नर्थ क्यारोलिना राज्यको सार्लोट स्थित क्राउन प्लाजा होटलमा हुने भएको छ ।

अमेरिकाको विभिन्न राज्यहरुमा रहेका नेपाली तथा नेपाली भाषाभाषी अमेरिकन र नेपालबाट आउने चर्चित कलाकारहरु सहित करिब पन्ध्र सय जति महानुभावहरु सहभागी हुने विश्वाश गरिएको सो सम्मेलनको संयोजन सार्लोट स्थित नेपालीहरुको संस्था ग्रेटर सार्लोट नेप्लिज एशोसियसनले गरिरहेको छ । हरेक बर्ष भब्य रुपमा सम्पन्न हुदै आइरहेको नासा / अन्माको सम्मेलन यस पटक अझ बढी ऐतिहासिक हुने कुरा सम्मेलनका प्रमुख राजेश सिंहले बताएका छन् ।

नासाका अध्यक्ष बिमल नेपालले यस पटकको सम्मेलनमा नेपालीहरुको उत्साहपूर्ण सहभागी रहने जनाउदै नयाँ पुस्ताका सन्ततिहरुका लागि थप प्रेरणादायी बन्ने विश्वास ब्यक्त गर्नु भएको छ । त्यसैगरी एन्माका अध्यक्ष बाला घिमिरेले नेपाली भाषा ,कला र संस्कृतिको प्रवर्धनमा टेवा पुग्ने बताउदै प्रवाशमा रहेका नेपाली संघ संस्थाहरुलाई एकता र मेलमिलापको संदेश दिन यो सम्मेलन सफल हुने कुरामा आफु विश्वस्त रहेको जनाउनु भएको छ । संयूक्त सम्मेलनलाई सफल र व्यवस्थित बनाउन ११ सदस्सीय मूल आयोजक समिति र १९ वटा अन्य विभिन्न समितिका संयोजकहरु अहोरात्र खटिरहेका छन् । तिन दिवशिय उक्त सम्मेलनमा विभिन्न प्रतियोगितात्मक खेलकुदका साथै साँस्कृतिक कार्यक्रम ,युवा ट्यालेन्ट शो ,महिला तथा बालबालिका कार्यक्रम ,साहित्य ,नेपाल मंच ,स्वास्थ्य ,र अन्य सामाजिक फोरम हरु संचालन हुनेछन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैगरी हरेक बर्ष बिशेष आकर्षणको रुपमा संचालन हुदै आइरहेको सांगीतिक कार्यक्रम ( कन्सर्ट )मा यसपटक नेपाल बाट चर्चित कलाकारहरु आउने पक्कापक्कि भएको छ । नेपाली आधुनिक तथा लोकपप संगीतका चर्चित गायकहरु शिव परियार तथा प्रमोद खरेल ,मेलोडी किङ्ग गायक एम बराल , चर्चित लोक तथा तीज गायीका सुनिता दुलाल ,लोकप्रिय लोक गायक मिलन लामा तथा युवा गायीका निक्की कार्की लगायतका कलाकारहरुको सांगीतिक प्रस्तुति रहने छ । साथै सो सांगीतिक कार्यक्रम लाई थप मनोरंजनपूर्ण बनाउन युवा ढुकढुकी रक गायक सबिन राई तथा बैण्डका सदस्यहरुको लाइभ प्रस्तुति रहने भएको छ भने जर्जिया राज्य लाइ कर्मभूमि बनाएर सांगीतिक क्षेत्रमा लम्की रहेका प्रसिद्ध बैण्ड फोर यम. बि. का प्रणय राणा लगाएतका कलाकारहरुको बेजोडको प्रस्तुति हुने भएको छ ।

सो कार्यक्रममा अन्य कलाकारहरु कैलाश कायस्थ ,बिशाल भारती ,प्रदिप घिमिरे ,भुवन खनाल तथा मनोज राई लगाएतका कलाकारहरुले समेत आआफ्नो गायन प्रस्तुत गर्नेछन । चर्चित उदघोषक तथा संचारकर्मी सरोज के.सी .द्वारा संचालन हुने सांगीतिक कार्यक्रमलाई सफल पार्न कन्सर्ट कमिटिका सदस्यहरु बिशाल भारती , प्रदिप घिमिरे ,सुशील नेपाल ,ताराप्रसाद पुन ,भुवन खनाल ,कैलाश कायस्थ ,भरत बराइली लगायतका व्यक्तिहरु अहोरात्र लागि परि रहेको कुरा कन्सर्ट कमिटिका संयोजक शिव बिष्टले बताउनु भएको छ । अमेरिकामा रहेका नेपालीहरूका विभिन्न संगठनहरूमध्ये नासा र आन्माको संयुक्त कार्यक्रमलाई निकै पृथक र ब्यवस्थित मानिँदै आएको छ । निकै ब्यवस्थित, प्रभावकारी र विवादरहित रूपमा हुँदै आएको नासा र आन्माको संयुक्त सम्मेलन यस वर्ष पनि ऐतिहासकि हुने आयोजकको दाबी छ । इच्छुक महानुभावहरुलाई सम्मेलनमा सहभागी हुनका लागि वेब साइट  प्रयोग गर्न आयोजक समितिले अनुरोध गरेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com