दक्षिणी क्यालिफोर्नियामा ट्रकलाई ठक्कर दिएपछि १९८ यात्रु बोकेको एमट्रयाक रेल लिकबाट बाहिर खस्यो


प्रकाशित मिति : असार १३, २०८० बुधबार

बुधबार दक्षिणी क्यालिफोर्नियामा १९८ जना यात्रु बोकेको एउटा एमट्रयाक ट्रेनले काउन्टी वर्क ट्रकलाई ठक्कर दिएपछि लिकबाट बाहिर खसेको छ । दुर्घटनामा ट्रकका चालकलाई गम्भीर चोट लागेको अधिकारीहरूले बताएका छन् ।

मुरपार्कमा ठोक्किएपछि रेलका सातवटा डिब्बामध्ये तीनवटा लिकबाट खसेको भेन्टुरा काउन्टी फायर डिपार्टमेन्टका क्याप्टेन ब्रायन म्याकग्राले बताएका छन् । ट्रेनमा रहेका १४ जनालाई सामान्य चोटपटकका साथ अस्पताल लगिएको थियो भने ट्रक चालकलाई टाउकोमा चोट लागेको अवस्थामा ट्रमा सेन्टरमा लगिएको थियो ।

ध्वस्त भेन्टुरा काउन्टी पब्लिक वर्क्स ट्रकका भागहरू पटरीबाट खसेका रेल डिब्बा वरिपरि छरिएका थिए। सुरुमा ट्रकका चालक दुर्घटना हुनु अघि गाडीबाट बाहिर हामफालेको विश्वास गरिएको थियो ।

चालकसँग कुराकानी हुन नपाएकाले सम्पूर्ण अवस्थाबारे अनुसन्धान भइरहेको जनाइएको छ । लिकबाट झरेका रेलका डिब्बाहरु बगैंचा र जमिनको खाली भागको छेउमा रहेको ट्र्याकहरूमा सीधा रहेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अधिकांश यात्रुहरू आफैं वा उद्दारकर्मीको सहायताले ट्रेनका डिब्बाबाट ओर्लन सक्षम भएका थिए । ट्रेन सियाटलबाट लस एन्जलस जाँदै थियो । दुर्घटना बिहान ११ बजेर १५ मिनेटमा भएको एमट्रयाकले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

ट्रेनमा १९८ यात्रु र १३ चालक दलका सदस्यहरू समेत थिए । एमट्रयाकले वैकल्पिक यात्रा व्यवस्था गर्न ग्राहकहरुसँग काम गरिरहेको छ। टोलीले तुरुन्तै सानो आगो निभाउन सक्षम भएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com