राजमार्गमा चल्न थाले पानीजहाज !


प्रकाशित मिति : श्रावण २९, २०७४ आईतबार

-अशोक पहाडी/नयाँ पत्रिका (तस्बिर)

सधैँ सवारीसाधनको चाप रहने पूर्व–पश्चिम राजमार्गको चन्द्रनिगाहपुर–बागमती सडकखण्डमा यतिवेला सवारीसाधन होइन, पानीजहाज चल्ने गरेका छन् ।

लगातारको वर्षाले राजमार्ग नदीमा परिणत भएको छ । सवारीका साधन गुड्न छाडेका छन् । त्यसैले घरेलु उपाय अपनाएर जसोतसो जोहो गरिएका पानीमा चल्ने अस्थायी साधन चढेर सुरक्षित स्थानतर्फ गइरहेका दृष्य प्रशस्त देखिन थालेका छन् ।

सडकभन्दा निकै माथिसम्म पानीको सतह बढेपछि गाडी गुड्ने रोडमा अनेक उपाय लगाएर सर्वसाधारण यात्रा गरिरहेका छन् । दुई दिनदेखि पूर्व–पश्चिम महेन्द्र राजमार्गको चन्द्रनिगाहपुर–बागमती सडकखण्डमा पर्ने लच्कामा पानीको सतह बढेपछि बाढीपीडितले यस्तो उपाय गरेका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

 

तर, यस्ता साधन चढेर वारीपारी गर्न दुई सय रुपैयाँ तिर्नुपर्ने बाध्यता छ । स्थानीय युवाले ट्युवको सहायतामा त्यस्तो साधन बनाएका हुन् । शनिबारदेखि नै यस्ता साधनबाट ओहोरदोहोर भइरहेको छ ।

गाडी चल्न नसक्ने भएपछि यात्रुहरू बाध्य भएर ट्युवमा चढेर बागमती जाने र अर्को गाडी चढेर पूर्व जाने तथा चन्द्रनिगाहपुर आएर पश्चिम जाने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख राममणि उप्रेतीले जानकारी दिए ।

 

 

यसरी मान्छे मात्र होइन, मोटरसाइकलसमेत तार्ने गरिएको छ । मोटरसाइकल तारिदिएको पाँच सय रुपैयाँसम्म लिने गरेको पौराईका स्थानीयबासिन्दा देवीप्रसाद सापकोटाले बताए ।

रौतहटको बागमती–चन्द्रनिगाहपुर सडकखण्डमा पर्ने दुईवटा लच्कामा हरेक वर्ष वर्षाको समयमा यातायात अवरुद्ध हने गरेको छ । यसपटक त झन ठूलो पानी परेकाले अवस्था असामान्य छ । यात्रुको सुरक्षाका लागि पूर्वबाट आएका सवारीसाधनलाई बागमतीमा र पश्चिमबाट आएका सवारीसाधनलाई चन्द्रनिगाहपुरमा रोकेर राखिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी यादव ढकाले जानकारी दिए ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com