प्रधानमन्त्री प्रचण्ड अमेरिका आउँदै, संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने


प्रकाशित मिति : भाद्र २१, २०७३ मंगलबार

संयुक्त राष्ट्रसंघको ७१औं महासभामा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सेप्टेमबर दोस्रो साता त्यसतर्फ जानुहुने कार्यक्रम तय भएको छ ।
सेप्टेम्बर १३ मा उद्घाटन गरिने राष्ट्रसंघको महासभामा सेप्टेम्बर २० देखि छलफल सत्र सुरु हुनेछ ।

७१ औं महासभालाई प्रधानमन्त्री प्रचण्ड र परराष्ट्रमन्त्री डाक्टर प्रकाशशरण महतले सम्बोधन गर्नुहुने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्डले महासभामा ६९ मुलुकका राष्ट्र तथा सरकार प्रमुखका मन्तब्य सुनेपछि आफ्नो मन्तव्य दिनुहुनेछ । सेप्टेम्बर २० मा ब्राजिलका नया राष्ट्रपतिको सम्बोधनबाट आरम्भ हुने सम्मेलनलाई लगत्तै अमेरिकी राष्ट्रपति बाराक ओबामाले सम्बोधन गर्नेछन् । त्यसको चार दिनपछि सेप्टेम्बर २४ मा प्रचण्डको सम्बोधन गर्नुहुने छ ।

राष्ट्र प्रमुखहरूको सम्बोधन सकिएपछि सरकार प्रमुखको पालो आउने भए पनि बेलायत, चीन, इजरायल, जापान, स्पेन लगायतका प्रधानमन्त्रीहरूले राष्ट्रप्रमुख अगावै सम्बोधन गर्ने तयारी छ । नेपालले भने बैठकलाई सम्बोधन गर्ने नेताको नाम दिन ढिलाई गर्दा ७०औं नम्बरमा पुगेको हो । विगतको महासभामा जस्तै यस पटकको बैठकमा विश्वका चर्चित र शक्तिशाली भनिएका नेताहरूको खासै उपस्थिति नहुने भएको छ । महासभामा चिनिया“ राष्ट्रपति सी जिनपिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, जर्मन चान्सलर एन्जेला मार्केल लगायत राष्ट्र र सरकार प्रमुखहरूको सहभागिता नहुने भएको हो ।

राष्ट्रसंघले तयार गरेको कार्यक्रम सूचीमा यी हस्तीहरुको नाम समावेश छैन । प्रभावशाली नेताहरु महासंघमा सहभागी नहुनुमा चीनको ह्वाङजाउमा भएको जी–ट्वेन्टी बैठकलाई समेत कारण मानिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com