विवादका बीच चलचित्र आदिपुरुषले दुई दिनमै कमायो २४० करोड


प्रकाशित मिति : असार ३, २०८० आईतबार

चलचित्र आदिपुरुषलाई लिएर चलिरहेको विवादका बीच चलचित्र निर्माणकर्ताले दोस्रो दिनको कलेक्शनको जानकारी दिएका छन् ।

दोस्रो दिन आदिपुरुषले सय करोड संकलन गरेको छ । फिल्मले रिलिजको पहिलो दिन १४० करोड कमाएको थियो ।

दुई दिनमै फिल्मले २४० करोड भारु कमाएको छ । फिल्मको कलेक्शनको यो आँकडा विश्वभरबाट कमाइको हो ।

समाचार एजेन्सी पीटीआईका अनुसार निर्माण कम्पनी टी-सिरीजले भन्यो- ‘आदिपुरुष हिन्दीमा बनेको कुनै पनि फिल्मको तुलनामा देशमा पहिलो दिनमा सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ।’

यस फिल्ममा प्रभासले राघवको भूमिका, कृति सेननले जानकी र सैफ अली खानले लंकेशको भूमिका निभाएका थिए ।

यो फिल्म हिन्दी, तेलुगु, तमिल, कन्नड र मलायालम भाषामा ६ हजारभन्दा बढी स्क्रिनमा रिलिज भइसकेको छ ।

यो फिल्म बनाउन ५ सय करोड रुपैयाँ खर्च भएको बताइएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com