उद्दार र राहतमा जुट्न पत्रकार महासंघको अपिल


प्रकाशित मिति : श्रावण २९, २०७४ आईतबार

  • श्रावण २९, २०७४- नेपाल पत्रकार महासंघले अधिक वर्षासँगै देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानमा परी ठूलो जनधनको क्षति भएको भन्दै उद्दार राहतमा जुट्न अपिल गरेको छ ।

    महासंघ अध्यक्ष महेन्द्र विष्टले विज्ञप्ती जारी गर्दै बाढी, पहिरो र डुबानमा परी ठूलो जनधनको क्षति भएकोमा गहिरो दु:ख व्यक्त गर्दै संवेदनशील भई सूचना सम्प्रेषण गर्न पनि आग्रह गरेका छन् ।

    ‘मौसमविदहरूका अनुसार यस्तो अवस्था अझै केही दिन रहनसक्ने सम्भावना रहेकोले प्राकृतिक विपत्तिको यस घडीमा सामान्य अवस्थामा भन्दा बढी संवेदनशील भई सूचना सम्प्रेषण गर्नुका साथै प्रभावितहरूको उद्धार र राहतमा जुट्न म सम्पूर्ण सञ्चारकर्मी मित्र एवं आमसञ्चारमाध्यमहरूलाई हार्दिक अपिल गर्दछु,’ विज्ञप्तीमा भनिएको छ ।

    विष्टले नेपाल पत्रकार महासंघका सबै शाखाहरूलाई विपत्तिमा उद्धार र राहत टोलीलाई सक्दो सहयोग गर्न एवं पत्रकार र सञ्चारमाध्यममा भएको क्षतिको विवरण संकलन गरी तत्काल महासंघ केन्द्रीय कार्यालयमा जानकारी गराउन पनि आग्रह गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com