मुग्लिनबाट २ सय ८२ किलो चरेश बरामद


प्रकाशित मिति : भाद्र २१, २०७३ मंगलबार

चितवनको मुग्लिनबाट आज प्रहरीले दुई सय ८२ किलो चरेश बरामद गरेको छ ।
१४ वटा बोरामा प्याक गरेर ट्रकमा लुकाईछिपाई लैजादै गरेको २८२ किलो चरेश आज विहान बरामद गरिएको चितवनका प्रहरी उपरीक्षक बसन्त कुँवरले जानकारी दिनुभयो । काठमाडौबाट चितवनतर्फ जादैगरेको ना ३ ख ६३५२ नम्बरको ट्रकमा खानतलासी गर्दा चरेश बरामद भएको थियो । विशेष सुराकीको आधारमा मध्ये क्षेत्र प्रहरी कार्यालय हेटौंडा र चितवन प्रहरीको संयुक्त प्रयासमा चरेश बरामद गरिएको उहाँले बताउनुभयो । चरेशसँगै गाडीका चालक समेत पक्राउ परेका छन् । गाडीका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको कुँवरले बताउनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com