नुवाकोटमा ८ किलो अबैध सुनसहित दुई जना पक्राऊ
प्रकाशित मिति : श्रावण २९, २०७४ आईतबार

नुवकोटको विदुर नगरपालिका– १ को चेक पोइन्टमा प्रहरीले दुई व्यक्तिबाट ८ केलो अबैध सुन बरामद गरेको छ।
नुवाकोट प्रहरी कार्यालयका डिएसपी ऋशिराम कडेँलले दिएको जानकारी अनुसार सुराकीका आधारमा रसुबाट आज नुकाकोट आउँदै गरेको बा ५५ प ८०६७ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा सो अवैध सुन फेला परेको हो।
सुनसहित पक्राउ पर्नेमा रसुवा, चिलिमेका फुर्वा तामाङ र सोही जिल्ला लहरेपौवाका दीपक घले छन्।
डिएसपी ऋशिराम कडेँलले पक्राउ परेका व्यक्तिहरुसँग आवश्यक सोधपुछ चलिरहेको जानकारी दिए।