ल्हासाबाट नेपालका विमानस्थलमा सिधा उडान गर्न चीनसँग राष्ट्रियसभाका अध्यक्षको आग्रह


प्रकाशित मिति : असार १, २०८० शुक्रबार

????? ??????? ??????? ???????? ?????????????? ??????? ?????????? ?????????? ? ??????? ?????????? ?????? ???????? ?????? ??????? ??? ?????? ????? ???????? ??????? ???????? ??????? ???????? ???????? ????? ????????? ????????? ?????????? ? ?????? ?????? ? ?????????????? ????????? ??????? ÷????

 

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग तिब्बतस्थित चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव वाङ चेङजुङले शिष्टाचार भेट गर्नुभएको छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका अध्यक्ष तिमिल्सिनासँग चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासामा आज उहाँले शिष्टाचार भेट गर्नुभएको हो ।

भेटमा अध्यक्ष तिमिल्सिनाले सातौँ शताब्दीमा नेपाली राजकुमारी भृकुटीको तिब्बती राजा स्रोङचोन ग्याम्पोसँग भएको विवाहदेखि नै नेपाल र तिब्बतबीच नाता जोडिएको चर्चा गर्दै भूगोल, संस्कृति र परम्पराले पनि तिब्बत र नेपाल बलियो रुपमा जाडिएको बताउनुभयो । उहाँले नेपाल र तिब्बतबीच ऐतिहासिक समयदेखि चलिआएका व्यापार र लगानी नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धका आधारभूत खम्बा भएको जानकारी गराउनुभयो  ।

कोभिड महामारीका समयमा नेपाल र चीनबीचको व्यापार र लगानीका गतिविधिमा असर परेकामा अहिले तीनवटा नाका खुला भएकाले यसले व्यापार र लगानीमा प्रर्वद्धन हुने विश्वास अध्यक्ष तिमिल्सििनाले  व्यक्त गर्नुभएको राष्ट्रियसभासचिवालयले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले मुस्ताङ र तिब्बतको ढोङवासेन जिल्लाको सिमानामा पर्ने कोरला नाकालाई छिटो सञ्चलान गर्न गर्नुपर्नेमा जोड दिनुभयो । यसैगरी अध्यक्ष तिमिल्सिनाले  नेपालको उत्तरमा तिब्बत र दक्षिणमा भारत जोड्ने कालीगण्डकी करिडोर निर्माण अन्तिम चरणमा पुगेकाले नाका सञ्चालन गर्दा कालीगण्डकी करिडोर हुँदै मानसरोवर यात्रासमेत छोटो र सहज हुने भएकाले भन्सार नाका जति सक्दो छिटो सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभएको जनाइएको छ  ।

कोराला नाकामा तिब्बततर्फ भन्सार पूर्वाधारको निर्माण कार्य तीव्र रुपमा अगाडि बढिरहेको तर नेपालतर्फ भन्सार पूर्वाधारको निर्माण कार्य सुरु गर्न नसकिएकाले नेपालतर्फ पनि पूर्वाधार बनाउन तिब्बत सरकारको सहयोगको अपेक्षा गरिएको पनि बताइएको छ ।

उहाँले ल्हासाबाट नेपालका विमानस्थलमा सिधा उडान तथा काठमाडौँ, पोखरा र भैरहवादेखि ल्हासा सिधा उडान गर्दै कैलाश मानसरोवर यात्रा अनुमतिका लागि  प्रक्रियामा सहजीकरण भएमा दुवै देशमा पर्यटकीय गतिविधि बढ्नेमा तिब्बत सरकारको ध्यानाकर्षण गराउनुभएको पनि उल्लेख गरिएको छ  ।

भेटमा महासचिव चेङजुङले कोरला नाकामा भन्सार पूर्वाधार निर्माण गर्न, नेपाली कृषिजन्य उत्पादनलाई भन्सार प्रक्रियामा सरलीकरण गर्न तथा तिब्बतको ल्हासाबाट काठमाडौँ, पोखरा तथा भैरहवा सिधा उडानका लागि आफूहरू सकारात्मक रहेको जानकारी दिनाका साथै  तिब्बतले यी सबै विषयलाई कार्यान्वन गर्दै लैजाने आश्वासन पनि दिनुभएको  जनाइएको छ  । -रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com