‘आदिपुरुष’लाई लिएर विवाद चर्किएपछि उपत्यकाका हलले रोके बिहानको प्रदर्शन


प्रकाशित मिति : जेष्ठ ३२, २०८० बिहीबार

भारतीय फिल्म ‘आदिपुरुष’लाई लिएर विवाद चर्किएपछि काठमाडौं उपत्यकाका सबै हलले शुक्रबार बिहानको प्रदर्शन रोकेका छन् । चलचित्र संघले मुलुकभरका सबै हललाई सर्कुलर पठाउँदै विकसित परिस्थितीको कारण काठमाडौं उपत्यकाभित्रका सबै हलमा ‘आदिपुरुष’को बिहानी शो अनिवार्य रोक्न र उपत्यकाबाहिर परिस्थिती हेरेर चलाउन निर्देशन थियो । संघको निर्देशनसँगै उपत्यकाका क्यूएफएक्स, आइएनआई, बिग मूभिज, वान सिनेमाज्सहित मल्टिप्लेक्सले बिहानी शोलाई स्थगित गरेका हुन् ।

चलचित्र विकास बोर्डका अनुसार बिहीबार रातीसम्म १५ लाख रुपैयाँ (६ हजार टिकट) बराबरको आदिपुरुषको टिकट विक्री भैसकेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आदिपुरुषमा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द नेपालमा मात्र नभई भारतमा पनि नसच्याएसम्म कुनै पनि हिन्दी फिल्म चल्न नदिने अभिव्यक्ति दिएपछि चलचित्र संघ संशंकीत बनेको छ । यसै अभिव्यक्तिले उत्पन्न परिस्थितीलाई लिएर संघले आकस्मिक बैठक बोलाएको छ ।

चलचित्र आदिपुरुषमा सीतालाई भारतकी छोरी भनिएपछि नेपालमा यसबारे विवाद श्रृजना भएको छ । चलचित्र बहिस्कारबारे सामाजिक सञ्जालमा आवाज उठेको छ भने उक्त शब्द नेपालमामात्र नभई भारत लगायतका देशमा हुने प्रदर्शनमा पनि सच्याउनुपर्ने मागमा समर्थन बढेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com