सुशान्त सिंह राजपुतको पुण्यतिथिमा बहिनी श्वेता कीर्तिले भनिन्- ‘हरेक पल मिस गर्छु’


प्रकाशित मिति : जेष्ठ ३१, २०८० बुधबार

दिवंगत अभिनेता सुशान्त सिंह राजपुतको पुण्यतिथिमा उनकी बहिनीले उनको सम्झना गर्दै सामाजिक सञ्जाल पोस्ट सेयर गरेकी छन् ।

इन्स्टाग्राममा उनले लेखेकी छिन्– “लभ यु भाइ र तिम्रो बुद्धिलाई सलाम। म तिमीलाई हरेक पल मिस गर्छु। तर मलाई थाहा छ तिमी अहिले मेरो एउटा हिस्सा हौ… तिमी मेरो सास जस्तै बनेको छौ, जसलाई अलग गर्न सकिदैन। ”

बहिनी श्वेता कीर्तिले पनि सुशान्त सिंह राजपूतले सुझाएका केही किताबको बारेमा बताइन् ।

अभिनेता सुशान्त सिंह राजपुतको २०२० जुन १४ मा मृत्यु भएको भयो। उनले आत्महत्या गरेका थिए ।

उनको मृत्युपछि बलिउडमा ‘नेपोटिज्म’को बहस चर्किएको थियो ।

सुशान्त सिंह राजपुतको सम्झनामा अभिनेत्री रिया चक्रवर्तीले पनि इन्स्टाग्राममा एउटा पोस्ट पोष्ट गरेकी छिन्, जसमा उनले पुरानो भिडियो सेयर गर्दै लेखेकी छिन्, ‘तिमी यहाँ भएको हुन्थ्यो भन्ने कामना गर्छु ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com