मुस्ताङमा हावाबाट उत्पादित बिजुलीको ओलीद्वारा उद्घाटन


प्रकाशित मिति : श्रावण २८, २०७४ शनिबार

– विनोद त्रिपाठी, मुस्ताङ

श्रावण २८, २०७४

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हावाबाट बिजुली निकाल्ने आफ्नो सपना पुरा भएको बताउनु भएको छ । मुस्ताङको जोमसोममा हावाबाट उत्पादन भएको बिजुलीको आज उद्घाटन गर्दै अध्यक्ष ओलीले मुस्ताङ मात्रै नभएर नबलपरासी र हेटौंडामा पनि हावाबाट बिजुली उत्पादन गर्न सकिने बताउनुभयो । आफ्नो योजनालाई हावामा उडाउनेलाई मुस्ताङमा हावाबाट बिजुली उत्पादन भएको हेर्न ओलीको अनुरोध थियो । बुद्ध पावर प्रा.लिको पहलमा गत बर्षको बैशाखदेखि शुरु गरिएको निर्माण कार्य १६ महिना पछि सम्पन्न भएको प्रा.लिका प्रबन्ध निर्देशक पुष्पराज तिमिल्सेनाले जानकारी दिनुभयो ।

अहिले ३ किलोवाट उत्पादन गर्न सकिने भन्दै उहाँले सो लगत्तै जोमसोममै हावाबाट ४० मेघावाटको बिजुली उत्पादन गर्ने जानकारी दिनुभयो ।  यसअघि, पुर्वप्रधानमन्त्री ओलीले जोमसोमको कोरला सिमाना, सडकको अवस्था र सीमा क्षेत्रको अवलोकन गर्नुभएको थियो ।

भ्रमणपछि पत्रकारसंग अध्यक्ष ओलीले कोरला नाका छिट्टै संचालनमा ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । अहिले नेपाल र चीन दुवै तर्फ सडक निर्माणको काम भइरहेको भन्दै सडक निर्माण पुरा भए लगत्तै सो नाका संचालनमा आउने उहाँको भनाई थियो । कोरला नाका खुलाउन आफुलाई रोक्ने तागत कसैसंग नभएको दावी गर्दै उहाँले दुवै देशको भौतिक निर्माण सडक बन्दरगाह लगायतका संरचना निर्माण सम्पन्न भएलगत्तै संचालनमा आउने बताउनुभयो  ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com