पत्रकार पन्थीको पुस्तक ‘लेफ्ट-राइट’ सार्वजनिक


प्रकाशित मिति : जेष्ठ २८, २०८० आईतबार

पत्रकार नेत्र पन्थीको लेफ्ट–राइट स् सत्ता र शक्तिको ‘अ’राजनीति पुस्तकको आइतबार डिजिटल विमोचन भएको छ । पुस्तक सोमबारदेखि बजारमा उपलब्ध हुने प्रकाशक साङ्ग्रिला मिडिया ग्रुप प्रालिले जनाएको छ । केही दिनअघि पुस्तकको कभर सार्वजनिक गर्दै अग्रिम बुकिङ खुला गरिएको थियो ।

सत्ता र शक्ति प्राप्तिका लागि प्रमुख दलका शीर्ष नेताहरूले मूल्य–मान्यता एवं विधान र संविधानबाहिर चालेका कदमहरु साथै नैतिक र अनैतिकको लक्ष्मणरेखा मेटिएको नेपाली राजनीतिको अन्तरकथा खोतल्ने प्रयास छ ।

पुस्तकमा कहिले दायाँ र कहिले बायाँतिर मोडिने नेपाली राजनीतिक नेतृत्वको दुर्भाग्यपूर्ण कटु सत्य उजागरको प्रयास छ । पछिल्लो निर्वाचनपछि भएका सत्ता समीकरणका नाटकीय घटनाक्रम र यसका लागि पर्दा पछाडि भएका गुप्त भेट र सम्झौतहरूको पनि पुस्तकले उजागर गरेको छ ।

लेखक पन्थीका अनुसार पुस्तकमा शक्ति र सत्ताका लागि भएका दाउपेच र धोकै–धोकाका कथाहरू पनि छन् । पद प्राप्तिका प्रमुख दलका शीर्ष नेताहरूले नीति, नियम, नैतिकता, मूल्य–मान्यता, सिद्धान्त, सवाल, व्यवस्था, विधि–विधान, संविधान र प्रावधान सबैको नजरअन्दाज गर्ने गरेका कैयौँ उदाहरण र सन्दर्भ पुस्तकमा समेटिएको लेखक पन्थीको भनाइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पन्थीका अनुसार पुस्तकमा नयाँ संविधान जारीपछि पनि नेताहरूको सत्ताप्रतिको भोकको चरित्र नबदलिएको तथा नेपालको राजनीतिमा भूराजनीतिक प्रभावलाई उठान गरिएको छ । ६७० पृष्ठको पुस्तक सफ्ट र हार्ड दुवै कभरमा उपलब्ध छ ।

पन्थीका यसअघि डिभोर्स : प्रचण्ड र बाबुरामको (२०७२), माओवादीभित्र अन्तरसङ्घर्ष (२०६९) र युद्धमा प्रेम र यौन (२०६६) नामक पुस्तक प्रकाशित छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com