केपी ओली कोरलामा


प्रकाशित मिति : श्रावण २८, २०७४ शनिबार

श्रावण २८, २०७४- पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली मुस्ताङको चीनसँग जोडिएको उत्तरी सिमाना कोरला नाका शनिबार बिहान आएका छन् । ओलीले कोरला सिमाना, सडकको अबस्था र सीमा क्षेत्रको अबलोकन गरे ।

पुर्वप्रधानमन्त्री ओली जोमसोममा सञ्चालनमा आएको हावाबाट उत्पादित बिजुलीको उद्घाटन गर्न आएका हुन् । हेलिकप्टरबाट आएका उनले सबैभन्दा पहिला कोरला सिमानाको भ्रमण गरे । ओलीकै पहलमा उत्तरी नाका खुलाउने प्रयास भएको र कालीगण्डकी करिडोर सडकको अवस्था पनि यहि मौकामा उहाँबाट बुझ्ने काम भएको सांसद महेन्द्र शेरचनले जानकारी दिए । ओलीलाइ मुस्ताङ ल्याउने सम्पुर्ण चाजोपांजो बुद्ध पावर प्रा.लिले मिलाएको हो ।

यहि प्रा.लिको पहलमा हावाबाट बिजुली बालिएकोले यसको उद्घाटन ओलीबाट आजै हुने प्रा.लिका प्रबन्ध निर्देशक पुष्पराज तिमिल्सेनाले जानकारी दिए । ‘आजै बिजुलीको उद्घाटन हुने र यसको सम्पुर्ण संरचना नेपाल सरकारलाइ हस्तान्तरण गर्नेछौं,’उनले भने, १६ महिनाको मिहिनेतले बिजुली बाल्यौं, अब यसको संरक्षण र संचालनको जिम्मा सरकारको हो ।’ पुर्वप्रधानमन्त्री ओलीले नै हावाबाट बिजुली बाल्ने सोच बनाउनु भएकोले उहाँकै हातबाट उद्घाटन गर्न लागिएको उनले जानकारी दिए ।

स्पेनिस लगानीकर्ता राफेल भेनस पिच  र तिमिल्सेना मिलेर हावाबाट बिजुली बाल्न प्रालि खोलेर गत बर्षको बैशाखदेखि काम थालेका थिए । यो प्रालिका राफेल अध्यक्ष र पुष्पराज निर्देशक हुन् । यसको मुख्य उद्धेस्य बिदेशी प्रबिधी र लगानी भित्र्याउनु हो, तिमिल्सेनाले भने । पंखा परिवर्तनदेखि केहि प्रविधीमा हेरफेर गर्दा तोकिएकै समयमा बिजुली निकाल्न सकिएन, नयां प्रबिधी ल्याएर बिजुली बाल्न सकिएको उनले बताए ।

दुइ पटकसम्म हावाबाट बिजुली निकाल्न गरेको परिक्षण असफल भएपछि अत्याधुनिक मेशिन ल्याएरै उनिहरुले योजना सफल बनाएका हुन् । निर्माण र जडानमा जोमसोममा बसेर लगानीकर्ताको टोली आंफै खटिएको थियो । आज शनिवार हुने उद्घाटन कार्यक्रममा सहभागी हुन बैकल्पिक उर्जा प्रबर्धन केन्द्रका अधिकारीहरु, एमालेका नेताहरु, उर्जा ब्यबसायीहरु लगायत जोमसोम आएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com