नेपाल संयुक्त राष्ट्रसङ्घको आर्थिक सामाजिक परिषद् सदस्यमा निर्वाचित


प्रकाशित मिति : जेष्ठ २५, २०८० बिहीबार

नेपाल संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को सदस्यमा निर्वाचित भएको छ । नेपाल सन् २०२४ देखि २०२६ सम्मका लागि सदस्यमा निर्वाचित भएको हो ।

बिहीबार राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा भएको मतदानमा नेपाल एक सय ४५ मतसहित एसिया प्रशान्त क्षेत्रका देशहरूको समूहमा सर्वाधिक मतका साथ विजयी भएको हो । राष्ट्रसङ्घको वडापत्र १९४५ अनुसार छ मुख्य परिषद्मा आर्थिक तथा सामाजिक परिषद् एक हो, यसले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि उचो बनाएको छ ।

नेपाल निर्वाचित भएपछि राससलाई प्रतिक्रिया दिनुहुँदै राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख राजदूत अमृत राईले भन्नुभयो, “नेपालले मानवअधिकार परिषद्मा सन् २०१८ मा निर्वाचित भएर एउटा सन्देश दिएको थियो भने अहिले आर्थिक, सामाजिक परिषद्मा विजयी भएर महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । राष्ट्रसङ्घका परिषद्मा नेपालले निर्वाचित भएर विश्व मञ्चमा आफ्नो सन्देश दिन सफल भएको छ ।”

राईले भन्नुभयो, “म सम्पूर्ण सदस्य राष्ट्रप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु । नेपालले सदस्यको रूपमा जिम्मेवारी लिएपछि विश्व सहश्राब्दी लक्ष्य २०३० र अति कम विकसित राष्ट्रहरूका लागि दोहा कार्ययोजनालाई कार्यान्वयनमा समन्वयकारी र महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ ।” गोप्य मतदानमार्फत भएको उक्त मतदानमा एसिया प्रशान्त क्षेत्रबाट जापान र पाकिस्तान पनि निर्वाचित भएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बिहीबारको मतदानमा कुल १८ देश सदस्यमा निर्वाचित भएका छन् । यसरी निर्वाचित हुने देशमा फ्रान्स, जर्मनी, स्पेन, बेलायत, पोल्याण्डलगायत छन् । तीनवर्षे कार्यकालका लागि आगामी २०२४ को जनवरीबाट यी नयाँ सदस्य राष्ट्रले काम गर्नेछन् ।

नेपाल सन् २०२६ देखि मध्यमस्तरको विकासशील राष्ट्रका रूपमा स्तरोन्नति हुनका लागि रणनीतिकरूपमा अगाडि बढिरहेको परिप्रेक्ष्यमा आर्थिक तथा सामाजिक परिषद्को सदस्यमा निर्वाचित हुनु महत्त्वपूर्ण उपलब्धि हो । यस परिषद्ले विश्वभरिका नागरिकको आर्थिक, सामाजिक अवस्थाका बारेमा सुधार गर्दै सहश्राब्दी विकास लक्ष्य हासिलका लागि विभिन्न कार्यक्रमसमेत अगाडि सारेको छ ।-रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com