गो-फर्स्ट एयरलाइन्सद्वारा जुन १२ सम्म आफ्ना सबै उडानहरू रद्द


प्रकाशित मिति : जेष्ठ २५, २०८० बिहीबार

गो-फर्स्ट एयरलाइन्सले सञ्चालनको कारण देखाउँदै जुन १२, २०२३ सम्मका सबै उडान रद्द गरेको जानकारी दिएको छ ।

गो-फर्स्ट एयरलाइन्सले उडान रद्द गर्दा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै यात्रुलाई सम्पूर्ण रकम फिर्ता गर्ने बताएको छ ।

एयरलाइन्सले टिकट बुकिङको लागि भुक्तानी गरेको मूल मोडमा पैसा फिर्ता गरिने बताएको छ।

यससँगै एयरलाइन्सले छिट्टै पुनः बुकिङ सुरु गर्ने बताएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com