भारतको ओडिशा रेल दुर्घटना : १७० शव भुवनेश्वर पठाइयो, पहिचानमा कठिनाई


प्रकाशित मिति : जेष्ठ २१, २०८० आईतबार

ओडिशाको बालासोरमा भएको रेल दुर्घटनामा परी मृत्यु भएकाहरुको शव भुवनेश्वर लगिएको छ । हालसम्म १ सय ७० शव भुवनेश्वर ल्याइएको छ ।

अहिलेसम्म पहिचान हुन नसकेको शव पनि छन् । भुवनेश्वरका कलेक्टरले ट्विटरमा भनेका छन् – ‘पहिचान हुन नसकेका सबै शव भुवनेश्वर पठाइएको छ।’

शव भुवनेश्वर एम्स, क्यापिटल अस्पताल र अन्य निजी अस्पतालमा राखिएको छ । भुवनेश्वरका नगरपालिका आयुक्त विजय अमृत कुलङ्गेले मृतकका परिवारलाई सबै प्रकारको सहयोग गर्ने व्यवस्था मिलाइएको बताए ।

बीएमसीद्वारा हेल्पलाइन नम्बर १९२० जारी गरिएको छ। पहिचान पछि, ओडिशा सरकारले शवलाई आफ्नो क्षेत्रमा लैजान निःशुल्क व्यवस्था गरेको छ।

मृतकका आफन्तले भुवनेश्वरमा अन्तिम संस्कार गर्न चाहेमा सहयोग गरिनेछ । यसका लागि सहरका शवदाह गृह तयार राखिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com