लिबियामा पाँच लाख भन्दा बढी बालबालिकालाई सहायता आवश्यक– युनिसेफ


प्रकाशित मिति : श्रावण २७, २०७४ शुक्रबार

संयुक्त राष्ट्रसंघ, २७ साउन । विगत लामो समयदेखि जारी रहेको द्वन्द्व र यसका कारण अर्थतन्त्रमा परेको नकारात्मक प्रभावका कारण लिबियामा ठूलो सङ्ख्याका बालबालिकालाई मानवीय सहायताको खाँचो परेको छ ।

राष्ट्रसंघीय बालकोषले दिएको जानकारीअनुसार लिबियामा कम्तीमा पनि पाँच लाख पचास हजार बालबालिका यस्तो मानवीय सहायताको खाँचोमा रहेका पाइएको समाचारमा जनाइएको छ ।

गएको छ वर्षदेखि लिबियामा राजनीतिक सङ्कट सुरु भएको छ । यसबाट पाँच लाखभन्दा बढी बालबालिकालाईआधारभूत आवश्यकताको पनि उपलब्धता छैन– बालकोषले गरेको एक पछिल्लो अनुसन्धानपछि शुक्रबार भनेको छ ।

मध्यपूर्वका लागि संयुक्त राष्ट्रसंघीय बालकोषका निर्देशक ग्रिक क्यापलेराले भन्नुभयो– अहिले आएर उनीहरुमा यस्तो मानवीय सहायताको अति ठूलो खाँचो भएको छ, बालबालिकाको कुरा भएकोले सबैले संवेदनशिलता अपनाउनु अत्यावश्यक छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लिबियामा चरम हिंसा भड्किएकोले निकै ठूलो सङ्ख्याका नागरिक लामो समयदेखि घर छोडेर भाग्न बाध्य भएका छन् । सोही कारण उनीहरुका बालबालिका पनि भाग्नुपर्ने अवस्थामा रहेका छन् ।

यसरी लिबियामा आन्तरिक विस्थापित भएका अभिभावकका छोराछोरीले पोषणको अभावमा बाँच्नु परेको र उनीहरुको अवस्था अत्यन्तै जोखिमपूर्ण अवस्थामा रहेको उक्त राष्ट्रसंघीय निकायले जानकारी दिएको छ ।

उक्त निकायका अनुसार यसरी आन्तरिक रुपमा विस्थापित हुनुपरेका नागरिकको सङ्ख्या ८० हजार भन्दा बढीको सङ्ख्यामा रहेको बताइएको छ ।

लिबियामा द्वन्द्व चर्किएपछि देखि नै बालबालिकाको अवस्था त्यति बलियो थिएन र बालकोषले सन् २०११ देखि नैउनीहरुको अवस्थामा परिवर्तनका लागि सहायता उपलब्ध गराउदै आएको थियो ।

युनिसेफले लिबियामा अन्य विभिन्न संघसंस्थाहरुसँग मिलेर बालबालिकालाई सहायता र स्वास्थ्य अवस्थामा सुधारल्याउने काम गर्दै आएको छ ।

उक्त संस्थाले जनाएअनुसार गतवर्षमात्र यहाँका विभिन्न जोखिमपूर्ण अवस्थामा रहेका करिब १३ लाख बालबालिकालाई पोलियो खोप दिइएको थियो ।

यसका लागि विभिन्न स्थानीय र अन्तर्राष्ट्रिय संघसंस्थाहरुको समन्वय आवश्यक परेको उक्त बालकोषले जानकारीदिएको छ । विस्थापितका बालबालिकाको अवस्था झन नाजुक रहेको बताइएको छ ।

हाल त्यहाँका बालबालिकामा कुपोषणका साथै उनीहरुको खाने, बस्ने, खेल्ने, विद्यालय जाने तथा अरु सामान्य रआधारभूत आवश्यकताहरुको पनि खाँचो रहेको छ ।

सोही कारण उक्त बालकोषले विभिन्न दाता राष्ट्रहरु, दाता निकायहरुका साथै स्थानीय स्तरमा कार्यरत नागरिक समाज तथा सरकारलाई पनि गम्भीरताका साथ उनीहरुको सहायताको काममा लाग्न आग्रह गरेको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com