जासुसी उपग्रह प्रक्षेपणको तीन देशद्वारा निन्दा


प्रकाशित मिति : जेष्ठ १७, २०८० बुधबार

प्रजातान्त्रिक जन गणतन्त्र कोरिया (डिपीआरके) ले आज गरेको जासुसी उपग्रह प्रक्षेपणको जापान, दक्षिण कोरिया र अमेरिकाले निन्दा गरेका छन् । यद्यपि प्योङ्याङको परीक्षण दुर्घटनाका कारण असफल भएको छ ।
जापानले उत्तर कोरियाको उपग्रह प्रक्षेपणको असफल प्रयासबाट संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्का प्रस्तावहरूको गम्भीर उल्लङ्न भएको उल्लेख गर्दै त्यसको निन्दा गरेको छ । “उत्तर कोरियाको उक्त कदमको जापान विरोध र निन्दा गर्दछ,” जापान सरकारका प्रवक्ता हिरोकाजु मात्सुनोले भनेका छन् ।  उत्तरकोरियाली अधिकारीहरूका अनुसार प्योङयाङले टोकियोलाई प्रक्षेपणका सम्बन्धमा जानकारी दिएको थियो ।
जापानका रक्षामन्त्री यासुकाजु हामादाले पत्रकारहरूमाझ भनेका छन्, “हामी यस प्रकारको प्रक्षेपणलाई सहन सक्दैनौँ, चाहे त्यो उपग्रह होस् वा अन्य कुनै चिज, यसले राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावलाई उल्लङ्घन गरेको छ । ”
संयुक्त राज्य अमेरिकाले प्रक्षेपणको निन्दा गर्दै प्योङयाङलाई तत्काल उत्तेजक कार्य बन्द गर्न आह्वान गरेको छ । राष्ट्रिय सुरक्षा प्रवक्ता एडम होजले प्योङ्याङ र वासिङ्टनबीचको कूटनीति संवाद बन्द नभएको उल्लेख गर्दै उनले आफू र आफ्ना सहयोगीलाई बचाउन अमेरिकाले सबै आवश्यक उपाय अवलम्बन गर्ने बताएका छन् ।
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरसले पनि  कदमको निन्दा गर्दै प्योङ्याङको पछिल्लो प्रक्षेपणको निन्दा गर्नुभएको छ ।
उत्तर कोरियाली नेता किम जोङ उनले सैन्य भूउपग्रहको विकासलाई आफ्नो देशको प्रतिरक्षाको प्रमुख अङ्गको भएको स्पष्ट गर्नुभएको छ । यसअघि उहाँका एक जना वरिष्ठ सैन्य अधिकारीले अमेरिका र दक्षिण कोरियाका विवेकहीन सैन्य गतिविधि निगरानी गर्न बाध्य भएर जासुसी उपग्रह प्रक्षेपण गर्नुपरेको बताएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com