Follow @khasokhasmag

ट्याङ्कीमा डुबेर तीनवर्षीया बालिकाको मृत्यु


प्रकाशित मिति : श्रावण २७, २०७४ शुक्रबार

लमजुङ (बेसीशहर), २७ साउन । पानी ट्याङ्कीमा डुबेर विहिबार एक बालिकाको ज्यान गएको छ । सदरमुकाम बेसीशहरको मनाङे चौतारामा बस्ने ३ वर्षीया बालिका कृत्तिका गुरुङको ज्यान गएको हो ।

खेल्ने क्रममा कृत्तिका पानी ट्याङ्कीमा परेको हुनसक्ने प्रहरीको अनुमान छ । बालिकाकी आमा मोनिका पसल गएको बेला जमिनमुनि रहेको हजार लिटर अट्ने पानी ट्याङ्कीमा बालिका डुबिरहेको अवस्थामा फेला पारिएको थियो ।

ट्याङ्कीमा बालिका देखेपछि स्थानीयवासीले तत्काल लमजुङ जिल्ला सामुदायिक अस्पताल पु¥याएका थिए । अस्पताल पु¥याउने बित्तिकै चिकित्सकले बालिकालाई मृत घोषणा गरेको प्रहरीले बताएको छ । बेसीशहर नगरपालिका–१०, गाउँभाचोकका गुरुङ परिवार बेसीशहर बजारमा बस्दै आएका हुन् । रासस

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com