कांग्रेस नेतृ तथा पूर्वमन्त्री मीना पाण्डेको निधन


प्रकाशित मिति : जेष्ठ १६, २०८० मंगलबार

नेपाली कांग्रेसकी नेतृ तथा पूर्वमन्त्री मीना पाण्डेको ७२ वर्षको उमेर निधन भएको छ । क्यासरबाट पीडित रहेकी पाण्डेको काठमाडौंमा उपचारका क्रममा आज निधन भएको हो । सर्लाही जिल्ला क्षेत्र नम्बर -२ बाट दुईपटक प्रत्यक्ष सांसद निर्वाचित भएकी पाण्डे अघिल्लो प्रतिनिधि सभामा समानुपातिक सांसद थिइन् ।

पाण्डेको आजै पशुपति आर्यघाट दाहसंस्कारको तयारी भइरहेको उनका दाजु तथा नेपाली कांग्रेसका नेता रामचन्द्र खड्काले जानकारी दिए । रामेछापको साविक बेथान गाविसमा जन्मिएकी पाण्डेले सर्लाहीबाट राजनीति गरेकी थिइन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com