चेन्नईको जितपछि धोनीको प्रशंसा गर्दै गुजरातका कप्तान हार्दिकले भने- ‘उहाँ महान व्यक्ति हो’


प्रकाशित मिति : जेष्ठ १६, २०८० मंगलबार

आईपीएलको उपाधिको खेल हारेपछि गुजरात टाइटन्सका कप्तान हार्दिक पाण्ड्याले विजेता चेन्नई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनीको प्रशंसा गरेका छन् । खेलपछिको सेरेमनीमा हार्दिक पाण्ड्याले हार्नु परे धोनीसँग हार्न चाहेको बताए ।

सोमबार भएको खेलमा हार्दिक पाण्डेको टोलीले पहिले ब्याटिङ गर्दै २ सय १५ रनको लक्ष्य दिएको थियो । तर वर्षाका कारण चेन्नईले १५ ओभरमा १७१ रनको लक्ष्य पाएको थियो ।

चेन्नईलाई अन्तिम दुई बलमा १० रन चाहिएको थियो र रविन्द्र जडेजाले छक्का र एक चौका प्रहार गर्दै खेल चेन्नई सुपर किंग्सको खातामा जम्मा गरेका थिए ।

यसपछि जब हार्दिक पाण्ड्यालाई प्रश्न सोधियो, उनले भने- ‘आफुलाई आफ्नो टीममा गर्व छ तर आज भाग्य धोनीको साथ थियो।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पाण्डेले भने, ‘म उहाँ (एमएस धोनी) को लागि धेरै खुसी छु। यो मेरो भाग्यमा लेखिएको थियो। यदि मैले हार्नु पर्यो भने, उनीसँग हार्न चाहान्छु । राम्रो चीजहरू राम्रा मानिसहरूबाट हुन्छन् र उहाँ मानिसहरूमा सबैभन्दा राम्रो हुनुहुन्छ। थाहा छ, उहाँ असल मानिस मध्ये एक हो । भगवान उहाँको साथमा हुनुहुन्थ्यो, भगवान मेरो साथमा पनि थिए तर आजको रात उनको रात थियो।’

पाण्ड्याले गुजरात टाइटन्सका लागि उत्कृष्ट ब्याटिङ गर्ने साई सुदर्शनको पनि प्रशंसा गरे। सुदर्शनले ४७ बलमा ९६ रन बनाए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com