फेरियो रुम गाउँको मुहार


प्रकाशित मिति : जेष्ठ १४, २०८० आईतबार

म्याग्दीको मालिका गाउँपालिका–२ रुमका टेकबहादुर विक ७९ वर्षको हुनुभयो । उमेरले आठ दशक छुनै लागे पनि स्वच्छ खानपानले उहाँ अझै हट्टाकट्टा हुनुहुन्छ । फरासिला विकले जीवनका अधिकांश समय ढुङ्गाखानीबाट घर छाउनी ढुङ्गा निकाल्दै, गाईभँैसी र भेडाबाख्राको गोठालो गरेरै बिताउनुभयो ।
विकसँग जीवनका अनेकौँ भोगाइ छन् । उतिबेला उहाँले भोगेका कैयौँ अनुभव अहिले विक आफैँलाई नौला लाग्छन् । उहाँले भोगेका सयौँ अनुभवमध्ये एउटा यस्तो अनुभव छ जो विक कहिल्यै भुल्नु हुन्न । चौध दिनको पैदलयात्रा गरेर बुटवल पुगेर नुन बोकेर उपभोग गरेको अनुभव उहाँको मानसपटलमा अझै ताजै छ । उहाँले यो दुःख चाहेर पनि भुल्न सक्नुहुन्न ।  दुर्गम गाउँ रुम सरकारी निकायको ध्यान कम पुगेको गाउँ । विकासका कुनै पनि पूर्वाधारले नजोडिएको अवस्थामा गरेका अनेकौँ सङ्घर्षपछि बल्ल गाउँसम्म बिजुलीबत्ती र सडक पुगेको छ ।
गाउँमा यसरी मोटर गाडी गुड्ला, बिजुलीबत्तीले गाउँ घर झिलिमिली होला भन्ने उहाँले कहिल्लै कल्पना गर्नुभएको थिएन । तर अहिले गाउँघरमै सरर गाडी गुड्दा, बिजुलीबत्तीले झिलिमिली हुँदा विक दङ्ग हुनुहुन्छ । विकमात्रै होइन गाउँमै सडक गाडी, बिजुली, स्वास्थ्यचौकी, विद्यालयलगायतका विकासका पूर्वाधार पुुगेपछि यहाँका बासिन्दाको खुसीको सीमा नै छैन ।
सडक बनेर गाडीमार्फत बुटवल र चितवनलगायतका ठाउँबाट घरदैलोमै खाद्यान्नलगायतका आवश्यक चिज आउन थालेपछि उमेरले ७० वसन्तपार गरेका यहाँका वृद्धवृद्धाले विकास भनेको कस्तो हुँदोरहेछ भन्ने कुरा महसुस गर्न पाएका छन् । पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र तथा मालिका गाउँपालिकाको केन्द्र दरबाङबाट दुईतर्फी सडक गाउँमा पुगेपछि यस क्षेत्रका बासिन्दाको जीवनमा खुसियाली छाएको हो ।
“हाम्रो ठाउँमा यस्तो विकास होला भन्ने त मैले कहिल्यै सोचेको थिएन, तर अहिले त हेर्नुस् गाडी सरर चल्छन्, बिजुलीबत्ती पनि थिएन त्यतिबेला, हामीले त सिठा र दियालो बालेर उज्यालो गराउँथ्यौँ, अहिले बिजुलीले झिलिमिली छ, एकदिन लाइन आएन भने अन्धकारमा बसेजस्तो हुन्छ”, रुमबेलीका मेखबहादुर पुनले भन्नुभयो, “बटौलीमा गाडी देख्दा डराउँथ्यौँ, अहिले त के को डराउनु अली तल जानुप¥यो भने हिँड्नै मन लाग्दैन, गाडीमै जाने भन्ने हुन्छ, गाडी नहुँदा, धेरै टाढा हिँडियो, अहिले सुविस्ताले गर्दा दुई÷चार पाइला पनि हिँड्न गाह्रो लाग्छ ।”
जिल्ला सदरमुकाम बेनीबजार आवतजावत गर्न चार दिन लागेको सुनाउँदै तत्कालीन समयमा यहाँका जनताले निकै दुःख पाएको पुन सुनाउनुहुन्छ । “कागजपत्रको काम गर्न बेनी जानुपथ्र्यो, उतिबेला गाडीको बाटो आएकै थिएन, हिँड्दै जानुपथ्र्यो, यहाँबाट हिँडेर बेनीपुग्दा दुई दिन, फर्किंदा दुई दिन लाग्थ्यो, बाटोमा चोर लाग्ने गथ्यो, निकै डर पनि हुन्थ्यो, आइमाई केटाकेटीलाई झन धेरै समस्या हुन्थ्यो”, पुनले भन्नुभयो, “अहिले त बिहान सरर गाडीमा गयो, साँझ खाना खान घरै आइन्छ, यस्तो सुविधा होला भन्ने त कसले सोचेको थियो होला र रु”
अहिले गाउँगाउँमा मोटर गाडी आउन थालेपछि १५ दिन लगाएर नुन ल्याउनुपर्ने बाध्यता हटेको भन्दै यसले आफ्नो चोली फेरिएको जस्तो भएको पुनले बताउनुभयो । “पहिलेको दुःखलाई सम्झिँदाखेरी त अहिले जुनी फेरिएको जस्ता लाग्छ, पहिलो कस्ता थिए ती दिन रु, अहिले कस्तो भयो रु, उतिबेला भोगेको दुःखलाई सम्झिँदा अहिले त कथा जस्तो लाग्छ”, पुनले भन्नुभयो, “अहिले त सबथोक छ, के छैन रु, उतिबेला घ्यु बोकेर १५/१५ दिन लगाएर बटौली पुगेर नुन, चामल बोकेर आउने दिन गए, अहिले त घरमै जे भन्यो त्यही एकै छिनमा आउँछ ।”
खच्चड र मानिसले नै बोकेर खाद्यान्नलगायतका सामान ढुवानी गर्दै आएका स्थानीयवासीले सडकले सिधा सम्पर्क जोडिएसँगै गाउँमा उत्पादन हुने उपजलाई सहज बजारीकरणमा सुविधा पुग्ने भएपछि उत्साहित बनेका छन् ।
मालिका गाउँपालिकाको दक्षिणी भेगमा पर्ने रुम गाउँ २०।७४ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । बागलुङ जिल्लासँग सिमाना जोडिएको यो गाउँमा तीन हजार सात सय तीन जनसङ्ख्या छ । यहाँ मकै, कोदो, गहुँ, जौ, फापर आदिको राम्रो खेती हुन्छ । यस क्षेत्रमा उत्पादन हुने कृषिउपज, स्लेट ढुङ्गा र भेडाबाख्राको बजारीकरणमा सडक सञ्जालले टेवा पु-याएको मालिका गाउँपालिका–२ रुमका वडाध्यक्ष उदयकुमार बुढाथोकीले बताउनुभयो ।-–ध्रुवसागर शर्मा

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com