नेपाल, बंगालादेश र भारत लगायतका १ लाख ७० हजार आप्रवासीलाई आवास अनुमति दिने तयारीमा पोर्चुगल


प्रकाशित मिति : जेष्ठ १३, २०८० शनिबार

पोर्चुगलको विदेशी र सीमा सेवा एजेन्सी सेफले नेपाल, बंगालादेश र भारत लगायतका १ लाख ७० हजार आप्रवासीलाई आवास अनुमति दिने तयारी गरेको छ । पोर्चुगिज भाषा बोल्ने देशका १ लाख १३ हजारलाई आवास अनुमति दिएपछि अब सेफले भारत, नेपाल र बंगलादेशका आप्रवासीहरूका लागि समाधानको बाटो बनाउने तयारी गरिरहेको जनाइएको छ । आवासीय अनुमति प्राप्त गर्न औपचारिक अनुरोध पेश गरेका र प्रतिक्षामा रहेकाहरुलाई अब प्रकृयामा लगिनेछ ।

विदेशी र सीमा सेवा सेफले युरोपेली र पोर्चुगिज भाषा बोल्ने क्षेत्र बाहिरका देशहरूका १ लाख ७० हजार आप्रवासीहरूलाई विचाराधीन मुद्दाहरूको साथ वैधानिक बनाउन प्रतिक्रियाको तयारी गरेको पोर्चुगलका आन्तरिक प्रशासन मन्त्रीले बताएका हुन् । सेफले मार्चमा कम्युनिटी अफ पोर्चुगिज स्पिकिङ कन्ट्रीजका हजारौं नागरिकहरूलाई विचाराधीन मुद्दाहरू सहित स्वचालित रूपमा निवास अनुमति प्रदान गर्न पोर्टल सिर्जना गरेपछि अब बाँकी रहेका भारत, नेपाल र बंगलादेश लगायतका देशका आप्रवासीहरूका लागि समाधानको तयारी गरिएको हो ।

अक्टोबरको अन्त्यसम्ममा सेफको बिघटन हुनु अगाडि २०२० देखि सेफमा आवेदन दिएकाहरुको प्रकृया पूरा गर्ने लक्ष्य लिइएको छ । सन् २०२० र २०२१ को कोभिडको आवेदनहरु थुप्रिन पुगेका थिए । किनभने कोरोनाको बन्देजका कारण त्यतीबेला बायोमेट्रिक डेटाको सङ्कलनमा ढिलाई भएको थियो । अक्टोबरसम्म सेफको मर्जर प्रक्रियाको एक भागको रूपमा एजेन्सी फर इन्टिग्रेशन, माइग्रेसन र एसाइलम सिर्जना गरिनेछ, जसले विदेशी नागरिकहरूको सम्बन्धमा प्रशासनिक मामिलाहरूमा यो सेवालाई प्रतिस्थापन गर्नेछ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com