दोस्रो विश्वयुद्धमा अमेरिकाले फालेको बम नपड्किएको अवस्थामा जापानमा भेटियो


प्रकाशित मिति : श्रावण २६, २०७४ बिहीबार

टोक्यो, २६ साउन । जापानको फुकुसिमामा दोस्रो विश्वयुद्धको समयमा अमेरिकाले फालेको विश्वास गरिएको बम नपड्किएको अवस्थामा बिहीबार भेटिएको छ ।

दोस्रो विश्वयुद्धका समयमा सन् १९४५ को अगष्टमा अमेरिकाले जापानमा शक्तिशाली हानिकारक एटम बमले हमला गरेको थियो ।

सन् १९४५ को अगष्ट ६ मा अमेरिकाले जापानको हिरोसिमामा र अगष्ट ९ मा नागासाकीमा बम हमला गरेको थियो । सो बम आक्रमणका क्रममा दुई लाखभन्दा बढी नागरिकको ज्यान गएको थियो ।

जापानको फुकुसिमामा रहेको परमाणु उर्जा केन्द्रको परिसरमा सो बम भेटिएको बिहीबार जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त केन्द्रको परिसरमा मजदुरहरुले सवारी साधन पार्किङ्का लागि पार्किङस्थल निर्माण गर्ने क्रममा खन्दा सो नपड्किएको बम भेटिएको समाचारमा जनाइएको छ ।

सुरुमा उक्त सङ्कास्पद बस्तु के हो भनेर मजदुरले खबर गरेर हेरिएको र पछि सो बस्तु नपड्किएको बम नै रहेको भनी पत्तालागेको उक्त परमाणु प्लान्टका प्रवक्ताले जानकारी दिएका छन् ।

उनका अनुसार काम गरिरहेका बेला मजदुरले सो वस्तु देखाएपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले पनि ती मजदुरलाई उक्त कार्यस्थलबाट बाहिर जान नदिई सो निर्माणस्थललाई नै प्रहरीको घेराभित्र पारेर अनुसन्धान गरेको थियो ।

पछि सो वस्तु बम नै हो र पुरानो हो भन्ने पत्ता लागेपछि उनीहरुलाई छोडिएको छ । हाल उक्त वस्तु प्रहरीले नियन्त्रणमा लिएको छ ।

उक्त बम ८५ सेन्टिमीटर लामो छ । जमिनमुनी पुरिएको अवस्थामा सो वस्तु रहेको थियो ।

प्रहरीले अुनसन्धानकर्ताहरु समेत लगाएर गरेको अनुसन्धानबाट सो वस्तु दोस्रो विश्वयुद्धमा अमेरिकाले जापानलाई आक्रमण गर्ने क्रममा फालेको बम नै भएको प्रमाणित भएको बताइएको छ ।

उक्त अणुउर्जा केन्द्र सन् २०११ मा जापानमा आएको भीषण भूकम्प र सुनामीका कारण फुटेको थियो । त्यसपछि उक्त केन्द्र आंशिक रुपमा मात्र सञ्चालनमा छ ।

सो केन्द्रबाट निस्किएको रसायन मानव स्वास्थ्यका लागि हानिकारक रहेको प्रमाणित भएपछि उक्त क्षेत्रबाट लाखौँ नागरिक विस्थापित भएर अन्यत्रै बस्न थालेका छन् ।

उक्त बम हमलाको ७२ बर्ष पूरा भएको छ । तर अहिले पनि जापानका कतिपय स्थानमा यस्ता नपड्किएका बमहरु भेटिने गरेका समाचारहरु यसअघि पनि आउने गर्दथे । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com