अतिक्रमित घरटहरा भत्काइँदै


प्रकाशित मिति : जेष्ठ ९, २०८० मंगलबार

eQmk’/, ( h]7 -/f;;_ M dWok’/lyldsf] dgf]x/f k’n glhs dgf]x/f hUuf PsLs/0f cfof]hgf If]qleq cltqmd0f u/]/ agfOPsf ;+/rgf cfh d+unaf/ eTsfpb} . tl:j/ M /d]z lu/L, /f;;

मनोहरा जग्गा एकीकरण आयोजनाले आयोजना क्षेत्रभित्र रहेका अतिक्रमित घरटहरा, छाप्रो, पर्खाललगायत संचना हटाउन सुरु गरेको छ । सडक अतिक्रमण गरी बनाइएका मनोहरा जग्गा एकीकरण आयोजना क्षेत्रभित्रका अतिक्रमित घरटहरा भत्काउने अभियान सुरु गरेको आयोजनाका उपनिर्देशक निर्मलराज बरालले जानकारी दिनुभयो ।

आयोजना क्षेत्रभित्रका सबै क्षेत्रमा माइकिङ गरेर अतिक्रमित घरटहरा, छाप्रो, भ-याङ, पर्खाललगायतका संचना हटाउन सातदिने सूचना जारी गर्ने र सूचनालाई अटेर गरे त्यस्ता संरचना धमाधम आयोजनाले आफैँ डोजर लगाएर भत्काउने उहाँले बताउनुभयो ।

यसअघि अतिक्रमति घरटहरा, छाप्रा, भ¥याङ, पर्खाललगायतका संरचना हटाउन आयोजनाले २०७९ भदौ ५ र फागुन १७ गते सूचना प्रकाशित गरेको थियो । ती सबै क्षेत्रमा पटक–पटक माइकिङ गरेर सूचना जारी गर्नुका साथै घरघरमा गएर सूचना टाँस गर्दा पनि अटेर गरेकाले घरटहरा भत्काउन थालिएको गरेको बरालले बताउनुभयो ।

अभियानअन्तर्गत आयोजनाले मध्यपुरथिमि नगरपालिका–१ मनोहरा पुलसँगै आयोजनाको क्षेत्राधिकारभित्र सडकको मापदण्ड मिचेर बनाइएका तीन टहरा मङ्गलबार भत्काएको छ । यसलाई तीव्रता दिँदै भक्तपुर र काठमाडौँतर्फका सबै अतिक्रमित संरचना भत्काइने उहाँले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मनोहरास्थित टहरामा बस्दैआएकाहरूले उच्च अदालत पाटनमा रिट निवेदन दिए पनि उच्च अदालतले २०८० जेठ ४ गते अन्तरिम आदेश नदिई खारेज गरेको र अदालतले रिट खारेज गरिदिएपछि आयोजनाले माइकिङ गर्दै अतिक्रमित घरटहरा हटाउन पटक–पटक निर्देशन दिँदा पनि अटेर गरेकाले बाध्य भएर डोजर चलाएको उहाँले जानकारी दिनुभयो ।

आयोजनाले भदौ २९ गते पनि अतिक्रमित संरचना हटाउन १५ दिने सूचना जारी गरेको तर अटेर गरेको पटक–पटक अतिक्रमित क्षेत्र र आयोजनाभित्र माइकिङ गरेको र गतसाता मात्रै घरमै गएर सूचना टाँस गर्नुका साथै पुनः माइकिड गर्दा पनि अटेर गरेको उपनिर्देशकको बरालको भनाइ छ । भित्री सडक खुलिसकेको, तर मुखको सडकमा संरचना बनाएर नौ मिटर चौडा सडक नै कब्जा गरेपछि संरचना भत्काइको उहाँको भनाइ छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com