केसीको स्वास्थ्य जोखिममा


प्रकाशित मिति : श्रावण २६, २०७४ बिहीबार

– अतुल मिश्र

श्रावण २६, २०७४- चिकित्सा शिक्षा र सेवा सुधारका माग राख्दै १७ दिनदेखि अनशनरत प्रा.डा. गोविन्द केसीको स्वास्थ्य स्थिति अत्यन्तै जटिल भएको भन्दै चिकित्सकहरूले कुनै पनि बेला ज्यान जोखिममा पर्न सक्ने चेतावनी दिएका छन् । ‘हालको स्थिति विचार गर्दा उनको ज्यान जोखिममा पर्ने शारीरिक जटिलता देखिन सक्छ,’ प्रा.डा. दिव्या सिंह शाहले भनिन्, ‘कुनै पनि समय उनलाई आकस्मिक मेडिकल रिससिटैसन (मृत:प्रायलाई जीवित गर्ने प्रक्रिया) आवश्यक पर्न सक्छ ।’ हाल उनलाई चौबीसै घण्टा अक्सिजन दिइएको छ । डा. केसीमा बोल्न गाह्रो हुने, रिंगटा लाग्ने र शिथिल हुने लक्षण देखिएका छन् । बस्दा र पल्टँदासमेत रिंगटा लाग्छ भने मांसपेशी बाउँडिने र छाती दुख्ने समस्या पहिलेको भन्दा बढेको छ । उनको शरीर अति कमजोर रहेकाले सम्भावित संक्रमणलाई दृष्टिगत गर्दै भेटघाट गर्न आउनेलाई नजिकै जान दिइएको छैन ।

यसैबीच, त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकले डा. केसीका मागको समर्थनमा सरकारलाई दबाब दिन बुधबारदेखि आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका छन् । नेसनल रेजिडेन्ट डाक्टर्स एसोसिएसनका सचिव डा. अमितकुमार यादवका अनुसार सरकारले अब पनि डा. केसीका माग पूरा नगरे थप कडा विरोधका कार्यक्रम ल्याइने छन् । मुलुकभरका सरकारी चिकित्सकले डा. केसीको समर्थनमा बुधबार कालोपट्टी लगाएर काम गरे । सरकारी चिकित्सक संघ (गोडान) को आह्वानमा चिकित्सकहरू विरोधमा उत्रिएको गोडान प्रवक्ता डा. सुजितकुमार झाले बताए । बिहीबारसम्म ठोस निर्णय नभए थप कडा विरोधका कार्यक्रम सार्वजनिक गरिने उनले बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com