१० घण्टा लगातार टिकटक चलाएवापत १ हजार डलरको अफर, यसरी दिन सकिन्छ आवेदन


प्रकाशित मिति : जेष्ठ ८, २०८० सोमबार

person holding black iphone 5

एक एजेन्सीले १० घण्टा लगातार टिकटक चलाउनेलाई १ हजार डलरको अफर गरेको छ । उक्त मार्केटिङ एजेन्सीले प्रयोगकर्ताहरूलाई टिकटकलाई लगातार रूपमा स्क्रोल गरेवापत भुक्तान गर्नेछ।

ब्रान्डहरूलाई प्रभावकारी मार्केटिङ अभियानहरू मार्फत प्रवद्र्धन गर्ने मद्दत गर्ने युबीक्वीटस नामको कम्पनीले टिकटक हेर्ने जागिरको अफर ल्याएको हो । जस अन्तरगत छानिएका आवेदकलाई लगातार टिकटक चलाएवापत घण्टाको १ सय डलर प्रदान गरिने भएको छ । उदीयमान नयाँ ट्रेण्डहरु पत्ता लगाउन मद्दत गर्न यो रकम प्रदान गरिने जनाइएको छ ।

pexels-photo-164527.jpeg
Photo by Pixabay on Pexels.com

आवेदनकहरुलाई युबीक्वीटसको युट्युब च्यानल सब्सक्राइब गर्न र उनीहरूले टिकटक चलाउने कामका लागि एकसय शब्दहरूको व्याख्याका साथ फारम भर्न सुझाव दिइएको छ । उनीहरू किन जागिरको योग्य छन् भन्ने बारे वैकल्पिक ट्वीट गर्न समेत आग्रह गरिएको छ । ट्विटले उम्मेदवारहरूलाई कामको लागि प्राथमिकता विचारमा द्रुत ट्र्याक गर्ने जनाइएको छ ।

आवेदकहरू १८ बर्षभन्दा माथिको र प्लेटफर्मसँग परिचित हुनुपर्छ। आवेदनको अन्तिम मिति मे ३१, २०२३ हो। गत अक्टोबरमा पनि कम्पनीले यस्तै कार्यक्रम ल्याएको थियो, जहाँ छानिएका आवेदकहरूले १२ घण्टासम्म लगातार टिकटक चलाएर प्रतिघण्टा ५० डलर कमाउनसक्ने बताइएको थियो । साथमा अन्य उपहार कार्डको समेत व्यवस्था गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आवेदन दिनका लागि यहाँ क्लीक गर्न सक्नुहुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com