युक्रेनको जापोरिजझिया आणविक केन्द्र पुनः विद्युत ग्रिडबाट काटियो


प्रकाशित मिति : जेष्ठ ८, २०८० सोमबार

युक्रेनको कब्जामा रहेको जापोरिजझिया आणविक केन्द्रलाई पुनः विद्युत् ग्रिडबाट विच्छेद गरिएको युक्रेनी भूभागमा रहेका रूसी प्रशासक र युक्रेनी आणविक एजेन्सीले सोमबार बताएका छन् ।

रूसी प्रशासनले टेलिग्राममा लेखेको छ, “‘हाई एक्टेन्सन लाइन’ काटिएका कारण प्लान्टले आफ्नो बाह्य विद्युत आपूर्ति गुमाएको छ । लोडसेडिङको कारणबारे अनुसन्धान भइरहेको छ साथै यसलाई ब्याकअप डिजेल जेनेरेटरले सञ्चालन गरिएको छ ।

युक्रेनको आणविक एजेन्सी एनरगोएटोमले रूसले सोमबार बिहान आक्रमण गरेको आरोप लगाउँदै सन् २०२२ मार्चमा मस्कोको सेनाले नियन्त्रणमा लिएपछि प्लान्टमा लोडसेडिङ् अवस्थामा गएकोे यो सातौं घटना भएको जनाएको छ ।

एनरगोएटोमका अनुसार जेनेरेटर प्रणाली सञ्चालनका लागि प्लान्टमा १० दिनका लागि पर्याप्त इन्धन मौज्दात छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“यदि यो समयमा प्लान्टमा बाह्य ऊर्जा पुनः स्थापना गर्न असम्भव भएमा विकिरणको परिणाम निम्तिने खतरा हुन सक्छ,” एनरगोएटमले चेतावनी दिएको छ ।
यसैबीच, निप्रो क्षेत्रका गभर्नरले रातभर हवाई आक्रमण भएको र चारवटा रूसी क्षेप्यास्त्र र १५ वटा ड्रोन खसालेको र कम्तीमा आठ जना सर्वसाधारण घाइते भएको बताउनुभएको छ ।

दक्षिणपूर्वी युक्रेनमा अवस्थित युरोपको सबैभन्दा ठूलो आणविक केन्द्र जापोरिजझियामा यसपहिले पनि रूसी क्षेप्यास्त्र आक्रमणका कारण विद्युत् कटौती भएको एनरगोएटमले जनाएको छ ।

यद्यपि, उक्त आक्रमणको केही घण्टापछि बाह्य विद्युत् आपूर्ति सुचारु भएको थियो ।

जापोरिजियाले युक्रेनको लगभग २० प्रतिशत बिजुली आपूर्ति गर्नेगरेको शक्तिशाली विद्युत गृह हो । सेप्टेम्बरमा बिजुली उत्पादन रोक्नुअघि प्लान्टले रूसको आक्रमणको प्रारम्भिक महिनाहरूमा बारम्बार गोलाबारीको बावजुद काम जारी राखेको थियो ।

प्लान्टको छ वटा सोभियत–युगको रिएक्टरमध्ये कुनै पनि बिजुली उत्पादन गरेको छैन । तर विशेष गरी रिएक्टरहरू चिसो गर्र्ने यसको आफ्नै आवश्यकताहरूको लागि यसलाइृ युक्रेनी पावर ग्रिडसँग जोडिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com