नक्कली शरणार्थी प्रकरण : प्रहरीले आइतबार अनुसन्धान टुंग्याउने


प्रकाशित मिति : जेष्ठ ५, २०८० शुक्रबार

नेपाली नागरिकलाई राज्य संयन्त्रकै मिलमतोमा भुटानी शरणार्थी बनाएर विदेश लैजाने भन्दै भएको संगठित ठगी मुद्दाको अनुसन्धान प्रहरीले आइतबार मात्र टुंग्याउने भएको छ ।

बयान नै नसकिएपछि अनुसन्धान लम्बिएको हो । १६ जना पक्राउ परेकोमा दुई जनाको बयान हुन सकेको छैन । बिहीबार पक्राउ परेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र गृह मन्त्रालयअन्तर्गतको हज समितिका अध्यक्ष शमशेर मियाँको शुक्रबार बयान भएन ।

शनिबार बयान सकेर प्रहरीले आइतबार मात्र अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ । सरकारी वकिलले शुक्रबारभित्रै बुझाउन भनेको थियो । संगठित अपराधको ६० दिने हदम्यादअनुसार १० जेठभित्र अभियोगपत्र अदालतमा दर्ता गरिसक्नुपर्ने हुन्छ ।

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहन्त्री बालकृष्ण खाणलगायत उच्चपदस्थलाई समेत प्रहरीले थुनामा राखेर अनुसन्धान गरिरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com