एन्माको अध्यक्षमा बाला घिमिरे


प्रकाशित मिति : भाद्र २१, २०७३ मंगलबार

 अमेरिकामा रहेका नेपालीहरूको संस्था एन्माको अध्यक्षमा बाला घिमिरे चयन भएका छन् ।

एन्मा र नासाको शनिवारदेखि सेण्टलुईसमा भएको संयुक्त सम्मेलनले घिमिरेलाई सर्वसम्वत रुपमा एन्माको अध्यक्ष चयन गरेको हो । सिकागोबासी बाला व्यवसायी हुन् । केही साता अघि उनलाई नेपाल पर्यटन वोर्डले पर्यटन दुत नियुक्त गरेको थियो ।

एक बर्ष अघिको महाभुकम्पपछि उनी नेपालका लागि सहयोग जुटाउन घिमिरे सकृय थिए । दुइ बर्षे कार्यकालका लागि चुनिएका पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्षमा कैलाश कायस्थ र उपाध्यक्षमा वलाराम पन्थी र संजय घिमिरे चयन भएका छन् ।

त्यस्तै महासचिवमा भरत कँडेल र सचिवमा बेनीमाधव कँडेल (गोपाल) चयन भएका छन् । कोषाध्यक्षमा संजय श्रेष्ठ, भ्युपोयन्ट एडिटरमा माधव ढकाल चयन भइका छन् । कार्यकारी सदश्यमा अनिता अधिकारी, डा नन्द जोशी, श्रीराम हरी न्यौपाने, निजर ठाकुर, दिवाकर दाहाल, दिलिप योगी, वुना दाहाल, श्याम वस्नेत, उर्मिला निर्दोषी, ओमप्रकाश दाहाल, नीता खतिवडा र मिडिया संयोजकमा केशव खनाल चयन भएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै बोर्ड अफ ट्रिस्टीमा मुकेश सिंह, डा. गौरी अधिकारी, राजेन्द्र खतिवडा, गोपेन्द्र भट्टराई र डा.सोहन खतिवडा छन् । वरिष्ठ सल्लाहकारमा शारदा थापा छन् । सम्मेलन नयाँ कार्यसमिति चयन गर्दै आइतवार सम्पन्न भएको छ । सम्मेलनमा नेपालका राजदुत अर्जुन कार्की, सांसद लगायत विभिन्न राज्यवाट आएका नेपालीको सहभागी थिए ।

समापन समारोहपछि नव निर्वाचित अध्यक्ष घिमिरेले भावी दिनमा संस्थालाइ सबैको सहयोग र सल्लाहमा अघि बढाउने प्रतिवध्दता जारी गरेका थिए । उनले संस्थाले सफलताका लागि सबैबाट सहयोगको अपेक्षा समेत राखेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com