शिव शिखर सहकारीमा रकम जम्मा गरेका ७ सय बचतकर्ताले प्रहरीलाई बुझाए कागजात


प्रकाशित मिति : जेष्ठ ३, २०८० बुधबार

कञ्चनपुरको महेन्द्रनगरस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ता सम्बन्धित कागजातसहित जिल्ला प्रहरी कार्यालय पुगेका छन् ।

जिल्ला प्रहरी कार्यालयले सो सहकारीमा ठगी, रकम फिर्ता नभएको, रकम हिनामिनालगायतको विषयमा जाहेरी दरखास्त पेश गर्न बचतकर्तालाई सार्वजनिकरुपमै आह्वान गरेपछि उनीहरु जिल्ला प्रहरी कार्यालय पुगेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले मङ्गलबार र बुधबार गरी सात सय ३७ बचतकर्ताले प्रहरीमा सम्बन्धित कागजात बुझाएको जानकारी दिनुभयो ।

“यो सहकारीका बिषयमा केन्द्रीय अनुसन्धान ब्युरोले पनि छानबिन गर्दैछ”, उहाँले भन्नुभयो, “कञ्चनपुरमा पनि प्रहरीले जाहेरी लिएर अनुसन्धान अघि बढाउने भएकाले कागजात विवरण पेश गर्न भनेका हौँ ।”

जिल्ला प्रहरी कार्यालयको मूल गेटमा कागजात बुझाउने बचतकर्ताको बुधबारदेखि भीडभाड छ । प्रहरीका अनुसार उक्त सहकारीले महेन्द्रनगर शाखाबाट मात्रै रु २६ करोड निक्षेप सङ्कलन गरेको देखिएको छ । गत माघयता सहकारी सञ्चालक सम्र्पक बाहिर रहेका छन् । सहकारीले यहाँ सञ्चालन गरेको मार्टसमेत कर्मचारीले बन्द गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“यहाँ मार्टबाहेक अन्य घर जग्गा कारोबारमा लगानी भएको पनि देखिएन”, एसपी थापाले भन्नुभयो, “अब कागजात जम्मा पारेर सहकारी ठगीमा मुद्दा दायर गरेर अनुसन्धान अगाडि बढाउँछौँ ।” प्रहरीमा बचतकर्ताले फेसबुक, रकम जम्मा गरेका कागजात र नागरिकताको प्रतिलिपिलगायतका कागजात पेश गरिरहेका छन् । यहाँ गत माघको तेस्रो साता लगानी डुब्ने चिन्ताले बचत रकम फिर्ता माग्दै बचतकर्ता आन्दोलित भएका थिए ।

उक्त संस्थामा दैनिक बचत, फिक्स बचतकर्तादेखि ठूलो रकम सेयर लगानी गरेका ग्राहकले आफ्नो लगानी डुब्न लागेको भन्दै रकम फिर्ता माग्न पहल गरिदिन आग्रह गर्दै आएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com