अफगानिस्तानका दुई राजदूतले भारत दुविधामा, कसरी भयो यस्तो ?


प्रकाशित मिति : जेष्ठ २, २०८० मंगलबार

भारतस्थित अफगानिस्तानको दूतावासले विज्ञप्ति जारी गर्दै दूतावासको नेतृत्वमा कुनै परिवर्तन नभएको र भारतका लागि अफगानिस्तानका राजदूत फरीद मामुन्दजाई मात्रै रहेको जनाएको छ । एक व्यक्तिले नयाँ दिल्लीस्थित अफगानिस्तानको दूतावासको इन्चार्ज भएको दाबी गरेका छन् । दूतावासले सोमबार जारी गरेको विज्ञप्तिमा ती दाबीहरूलाई अस्वीकार गरिएको छ।

वास्तविकता के हो ?

आइतबार अफगानिस्तानका केही स्थानीय सञ्चारमाध्यमले भारतमा रहेका केही अफगानी नागरिकले नयाँ दिल्लीस्थित अफगान दूतावासमा भएको कथित भ्रष्टाचारबारे अफगानिस्तानको विदेश मन्त्रालयलाई पत्र लेखेको दाबी गरेका छन् ।

काबुलका लागि वर्तमान राजदूत फरीद मामुन्दजाईलाई फिर्ता बोलाउने आदेश जारी भएको र नयाँ दिल्लीमा ट्रेड काउन्सिलरका रूपमा कार्यरत कादिर शाहलाई कार्यवाहक राजदूत बनाइएको पनि सञ्चारमाध्यममा दाबी गरिएको छ । अफगानिस्तानको टोलो न्यूजले यो पत्र पोस्ट गरेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सोमबार जारी विज्ञप्तिमा यी दाबीहरूको खण्डन गर्दै भनिएको छ, “तालिबानको ‘कार्यवाहक राजदूत’ भएको दाबी गर्ने व्यक्ति गलत सूचना फैलाउने, मिसनका अधिकारीहरू विरुद्ध आधारहीन अभियान चलाउने जिम्मेवार छ।” यी आरोपहरूमा मिसनमा भ्रष्टाचारको आरोप पनि समावेश छ।

भारतको नयाँदिल्लीस्थित अफगानिस्तानको दूतावास ।

विज्ञप्तिमा भ्रष्टाचारको आरोप एकतर्फी, पक्षपाती र झुटो रहेको उल्लेख गरिएको छ । उनले अफगानिस्तानका जनतालाई उनीहरुको हितमा भारतमा सामान्य रुपमा काम गरिरहने जानकारी गराउन चाहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

फरीद मामुन्दजाई सन् २०२० देखि भारतका लागि अफगानिस्तानका राजदूत हुनुहुन्छ। कादिर शाह सही कि फरीद मामुन्दजाई भन्ने निर्णय गर्न गाह्रो छ।

भारतबाट प्रकाशित एउटा अंग्रेजी अखबारले आफ्नो लेखमा गत अप्रिल २५ मा अफगानिस्तानको विदेश मन्त्रालयले दुईवटा आदेश जारी गरेको जनाएको छ । एउटामा वर्तमान राजदूत फरीद मामुन्दजाईलाई काबुलमा फिर्ता बोलाउन आदेश दिइएको थियो भने सोही दिन जारी भएको दोस्रो आदेशमा वर्तमान ट्रेड काउन्सिलर कादिर शाहलाई कार्यवाहक राजदूत बनाइएको थियो ।

भारतको प्रतिक्रिया के छ ?

यसबारे भारतीय विदेश मन्त्रालयले अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन । अखबार हिन्दूका अनुसार अधिकारीहरूले दूतावासमा कुनै परिवर्तन भएको बारे कुनै जानकारी नपाएको बताएका छन्।

अहिलेको मामिलामा कादिर शाहले आफू पुरानो सरकार अर्थात असरफ घानीको सरकारको पालामा भारत आएको र उनी अफगानिस्तानको विदेश मन्त्रालयका अधिकारी भएको पनि भनिरहेका छन् ।

पूर्व भारतीय कूटनीतिज्ञ अनिल त्रिगुनायत भन्छन्- ‘यो ९० को दशकमा पनि भएको थियो। त्यस अवधिमा पहिले नजिबुल्लाहको सरकार मुजाहिद्दीनले हटायो र त्यसपछि तालिबानले मुजाहिद्दीनको सरकार हटायो।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com